वेस्ट इन्डिजसँग नेपाललाई गल्ती सुधार्ने अवसर

काठमाडौं । खेलकुदमा नतिजाको निकै ठूलो महत्व हुन्छ । यो विधा नै नतिजाप्रधान हुन्छ । राजनीतिजस्तो होइन । नेपाली क्रिकेटले पछिल्लो डेढ वर्षयता नतिजाकै कारण देशभित्र ठूलो आशा सञ्चार गराएको थियो ।

गत साता सम्पन्न एसिसी प्रिमियर कपको कमजोर नतिजाका कारण नेपाली क्रिकेटको क्षमतामाथि फेरि थुप्रै प्रश्न तेर्सिएको छ ।

ट्वान्टी–२० विश्वकप खेल्ने तयारीमा रहेको नेपालले ओमानमा एसिसी प्रिमियर कपमा भोगेको खराब नतिजा ताजै छ । यही पृष्ठभूमिमा टोलीले शनिबारदेखि वेस्ट इन्डिज ‘ए’ टोलीसँग पाँच खेलको ट्वान्टी–२० शृंखला खेल्दै छ ।

 ‘विश्वकपअघि हुन लागेको यो शृंखला नेपालका लागि निकै महत्त्वपूर्ण छ । यसले हामीलाई राम्रो म्याच एक्सपोजर दिनेछ,’ अग्रवालले भने, ‘विश्वकपमा नेपालले आफूभन्दा माथिल्लो स्तरका टोलीसँग खेल्नुपर्नेछ । यसअघि नेपाल एसोसिएट राष्ट्रसँगको खेलमा बढी केन्द्रित थियो । यो शृंखलाले केही हदसम्म ठूला राष्ट्रको सामना गर्न सहज बनाउँछ ।’

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो शृंखलाले पक्कै पनि नेपाललाई विश्वकपका लागि तिखारिने क्रममा कमजोरी सुधार्ने मौका दिनेछ ।

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पवन अग्रवालको भनाइ यस्तै छ । उनी यसलाई कमजोरी सुधार्ने अवसरका रूपमा मात्र प्रयोग गर्नुपर्ने विचार राख्छन् ।

‘टेस्ट राष्ट्रको टोली नेपाल आउँदा अन्य टोलीको पनि ध्यान केन्द्रित हुनेछ । यो नेपाली क्रिकेटका लागि राम्रो संकेत हो,’ पूर्वकप्तान अग्रवालले भने, ‘वेस्ट इन्डिज ‘ए’ टोली भए पनि राम्रो खेलाडी समेटेर नेपाल आएको छ । उनीहरूले पनि यो शृंखलालाई विश्वकपका लागि खेलाडी छनोट गर्ने अवसरको रूपमा लिएका छन् । त्यसैले कडा प्रतिस्पर्धाको अपेक्षा गर्न सकिन्छ ।’

उनी यो शृंखलाबाट प्राप्त हुने अनुभव नेपालका लागि फलदायी हुने विश्वास पोख्छन् । ‘विश्वकपअघि हुन लागेको यो शृंखला नेपालका लागि निकै महत्त्वपूर्ण छ । यसले हामीलाई राम्रो म्याच एक्सपोजर दिनेछ,’ अग्रवालले भने, ‘विश्वकपमा नेपालले आफूभन्दा माथिल्लो स्तरका टोलीसँग खेल्नुपर्नेछ । यसअघि नेपाल एसोसिएट राष्ट्रसँगको खेलमा बढी केन्द्रित थियो । यो शृंखलाले केही हदसम्म ठूला राष्ट्रको सामना गर्न सहज बनाउँछ ।’

अग्रवालको बुझाइमा ट्वान्टी–२० मा सबै टोलीको स्तर लगभग उस्तै छ । त्यसकारण नेपालले वेस्ट इन्डिजजस्तो ठूलो नामविरुद्ध पनि सुखद नतिजा ल्याउने सम्भावना नकार्न सकिन्न ।

‘कागजमा वेस्ट इन्डिज बलियो देखिए पनि ट्वान्टी–२० मा टोलीहरूबीच खासै ठूलो अन्तर छैन । हामीले अन्तर्राष्ट्रिय क्रिकेटमा यस्ता थुप्रै उदाहरण प्रस्तुत गरेका छौं । एसिया कपमा पनि नेपालले बलिया टोलीविरुद्ध राम्रो प्रदर्शन गरेको थियो । वेस्ट इन्डिज ‘ए’ विरुद्ध त्यही सोचका साथ मैदान उत्रनुपर्छ,’ अग्रवाल भन्छन्, ‘नेपालका लागि केही हदसम्म घरेलु मैदानको फाइदा हुनेछ । नतिजा जस्तो आए पनि यो शृंखला नेपालका लागि आफ्नो कमीकमजोरी पहिचान गरी सुधार्ने राम्रो अवसर हो ।’

अघिल्लो साता साबिक विजेता नेपाल एसिसी प्रिमियर कपमा उपाधि रक्षा गर्दै एसिया कपमा स्थान बनाउने लक्ष्यका साथ ओमान पुगेको थियो ।

समूह चरणमा नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरेबियालाई ६ विकेटले हराएको थियो । सेमिफाइनलमा नेपालको भेट युएईसँग भयो । युएईले ६ विकेटको जित निकाल्दै फेरि एसिया कप खेल्ने नेपालको सपना चकनाचुर पारिदियो ।

पछिल्लो समयको प्रदर्शन आधार मान्दा नेपाल उपाधि दाबेदार पनि थियो । तर, नेपालले एसिया कपमात्र नभएर इमर्जिङ टिम्स एसिया कपमा पनि स्थान बनाउन सकेन ।

समूह चरणको नतिजालाई नकआउटमा निरन्तरता दिन नसक्दा नेपालले सेमिफाइनलमा युएई र तेस्रो स्थानका लागि हङकङविरुद्ध भएको खेलमा पराजित भयो ।

समूह चरणमा नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरेबियालाई ६ विकेटले हराएको थियो । सेमिफाइनलमा नेपालको भेट युएईसँग भयो । युएईले ६ विकेटको जित निकाल्दै फेरि एसिया कप खेल्ने नेपालको सपना चकनाचुर पारिदियो ।

नेपालले प्रस्तुत गरेको १२० रनको लक्ष्य युएईले १७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । युएईका अलिसन सर्राफले अविजित ५५ रनको योगदान गरे । नेपालका लागि गुलशन झाले सर्वाधिक दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रनको योगफल तयार पारेको थियो ।

त्यो खेलमा सन्दीप जोराले बनाएको ५० रन नै नेपालले चित्त बुझाउने प्रदर्शन थियो । युएईका लागि बसिल हामिर, जुनैद सिद्दिकी र अली नासरले समान दुई विकेट लिएका थिए ।

अलराउन्डर दीपेन्द्रसिंह ऐरीले प्रदर्शन भने उत्कृष्ट रह्यो । दीपेन्द्रले १५० रन बनाउनुका साथै ८ विकेट पनि लिए । उनी प्रतियोगितामा नेपालको सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडी बने ।

त्यसपछि नेपालसामु हङकङलाई हराएर इमर्जिङ कपमा स्थान बनाउन मौका थियो । तर, नेपाल हङकङसँग पनि ४ विकेटले पराजित भयो । नेपालले प्रस्तुत गरेको १४० रनको लक्ष्य हङकङले ३ बल बाँकी छँदा ६ विकेट गुमाउँदै पूरा गर्यो । हङकङका अंशुमन रथले अविजित ६५ रनको योगदान गरे । नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पार्यो । नेपालका दीपेन्द्रसिंह ऐरीले अविजित ४४ रनको योगदान गरे । हङकङका आयुष शुक्लाले सर्वाधिक ३ विकेट लिए ।

हङकङविरुद्ध त्रिकोणात्मक, नेपाल, नामिविया र नेदरल्यान्ड्सको त्रिकोणात्मक शृंखला तथा भारतमा फ्रेन्डसिप कपमा देसाइले नयाँ खेलाडीलाई प्रयोग गरेका थिए ।

जसमा उनले खेलाडीको बलिङ र ब्याटिङक्रममा पनि तलमाथि गरिरहे । त्यसकै आधारमा प्रिमियर कपमा नेपालले १४ सदस्यीय टोली उतारेको थियो । ओपनर आसिफ शेख र कुशल भुर्तेलको जोडीले साउदी, युएई र हङकङसँगको खेलमा कुनै पनि गतिलो साझेदारी गर्न सकेनन् ।

उनीहरूले मलेसियासँग ४७ बलमा ४९ रनको साझेदारी गरेका थिए । कतारविरुद्ध २.५ ओभरमा १८ र हङकङविरुद्ध समूह चरणको खेलमा ५.३ ओभरमा ७० रनको साझेदारी गरेका थिए ।

ओपनर कुशलको प्रदर्शन बिर्सनलायक रह्यो । प्रतियोगितामा ६ खेल खेल्दा उनले ३ खेलमा रनको खाता पनि खोल्न सकेनन् । ३२ रन बनाउनु उनको उत्कृष्ट प्रदर्शन रह्यो ।

ट्वान्टी-२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्सको सामना गर्नेछ । यी देशका तीव्र गतिको बल सामना गर्नु नेपालका लागि ठूलै चुनौती हुनेछ ।

अर्का ओपनर आसिफको प्रदर्शन औसत रह्यो । उनले पनि एक खेलमा ५२ रन बनाउनुबाहेक उल्लेखनीय योगदान दिन सकेनन् ।

एसिसी प्रिमियर कपमा सुरुआत राम्रो नहुँदा मध्यक्रम पनि चल्न सकेन । प्रतियोगितामा दुईमात्रै अर्धशतकीय साझेदारी भएको थियो ।

समूह चरणमा आसिफले हङकङविरुद्ध कुशल भुर्तेलसँग पहिलो विकेटमा ७० र कतारविरुद्ध कुशल मल्लसँग तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए । मध्यक्रमका ब्याटर कप्तान रोहित पौडेलले ११३, सन्दीप जोराले ११०, गुलशन झाले ८२ र कुशल मल्लले ६० रनमात्र बनाए ।

अलराउन्डर दीपेन्द्रसिंह ऐरीले प्रदर्शन भने उत्कृष्ट रह्यो । दीपेन्द्रले १५० रन बनाउनुका साथै ८ विकेट पनि लिए । उनी प्रतियोगितामा नेपालको सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडी बने ।

प्रतियोगितामा नेपाली ब्याटरले बाउन्सर र सर्टमा निकै संघर्ष गरेका थिए । ट्वान्टी-२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्सको सामना गर्नेछ । यी देशका तीव्र गतिको बल सामना गर्नु नेपालका लागि ठूलै चुनौती हुनेछ ।

पूर्व कप्तान अग्रवाल यसलाई सामान्य रूपमा लिनुपर्ने बताउँछन् । ‘पछिल्लो समय नेपालले राम्रो प्रदर्शन गरिरहेको छ । समग्रमा एसिसी प्रिमियर कपको प्रदर्शनलाई पनि नराम्रो भन्न मिल्दैन । दुई खेलमा राम्रो प्रदर्शन हुन सकेन । जसका कारण हामीले ठूला अवसर गुमायौं । तर, यसलाई सामान्य रूपमा लिनुपर्छ,’ अग्रवाल भन्छन्, ‘खेल सधैं एकनास हुँदैन । प्रदर्शनमा उचारचढाव आइहरहन्छ । कुनै बेला नराम्रो भयो भन्दैमा कमजोर मानसिकता राख्नु हुँदैन यो झन घातक बन्न सक्छ । ती कमीकमजोरी सुधार गर्दै आगामी खेलको योजना बनाउनुपर्छ ।’