चैत्र ११, २०८२ बुधबार | १८:२४:४४
सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली

कोर्स रेकर्डसहित निरज च्याम्पियन

काठमाडौं ।  निरज तामाङले कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पार्दै निरज सूर्य नेपाल काठमाडौं ओपनको च्याम्पियन बनेका छन् ।

निरजले पहिलो पटक यो उपाधि हात पारे । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिताको अन्तिम दिन शुक्रबार निरजले ८-अन्डर ६० को सानदार नतिजामा शिवराम श्रेष्ठको कोर्स रेकर्ड बराबरी गरे ।

शिवरामले सन् २०१५ मा एनपिजिए प्रेसिडेन्टस कपमा ८-अन्डर स्कोर गरेका थिए ।

अन्तिम दिनको खेल सुरुआत गर्दा निरज तीन दिनका लिडर भुवन भन्दा सात स्ट्रोकलेपछि थिए। उनले उपाधिसँगै १ लाख २० हजार रुपैयाँ प्राप्त गरे।

भुवनले आज इभन-पार ६८ मा खेल सकाउँदा समग्रमा ७-अन्डर २६५ सहित दोस्रो स्थानमा रहे। उनले ८२ हजार रुपैयाँ प्राप्त गरे।

आज ४-अन्डर ६४ खेल्दै समग्रमा २७१ सहित जयराम श्रेष्ठ तेस्रो भए। उनले ६६ हजार रुपैयाँ हात पारे।

आज इभन-पार ६८ स्कोर गर्दै समग्रमा इभन-पार २७२ सहित तोरण विक्रम शाही चौथो भए। उनले ५३ हजार रुपैयाँ प्राप्त गरे। समग्रमा २-ओभर २७४ सहित पाँचौ भएका धनबहादुर थापाले ४५ हजार रुपैयाँ आफ्नो नाममा लेखाए। उनले आज इभन-पार ६८ खेले।

उपाधिका दाबेदार मानिएका सुवास तामाङ समग्रमा ४-ओभर २७६ सहित छैटौं भए। प्रो भएपछि पहिलो घरेलु प्रतियोगिता खेलेका सुवासले ३३ हजार ५०० रुपैयाँ पाए ।

समग्रमा ५-ओभर २७७ सहित दिनेश प्रजापती र रवि खडकाले सातौं स्थान बाँडे। उनीरुले जनही ३३ हजार ५०० रुपैयाँ पाए ।  आज १-ओभर ६९ सहित समग्रमा ६-ओभर २७८ स्कोरमा रामे मगर नवौं भए। उनले २८ हजार रुपैयाँ प्राप्त गरे ।

यसैगरी समग्रमा ७-ओभर २ सय ७९ सहित सञ्जय लामा र भुवन कुमार रोक्काले संयुक्तरुपमा १०औं स्थानमा  रहेर प्रतियोगिता सकाए। सञ्जयले ५-ओभर ७३ र भुवनले १-ओभर ६९ मा खेल सकाए। उनीहरूले जनही २४ हजार रुपैयाँ हासिल गरे ।

एमेच्योरतर्फ समग्रमा १३-ओभर २८५ सहित सद्भाव आचार्यले उपाधि जिते। उनले आज ७-ओभर ७५ मा खेल सकाउँदै टासी छिरिङलाई १० स्ट्रोकले हराए।

 टाशीले समग्रमा २३-ओभर २९५ स्कोर गरे। आज उनले १२-ओभर ८० मा खेल सकाए।  राष्ट्रिय टोलीका खेलाडी राहुल विश्वकर्मा कूल ३०० स्कोर सहित तेश्रो भए।

निरजले कोर्स रेकर्ड बराबरी गर्ने प्रदर्शन गर्ने क्रममा फ्रन्ट नाइन ५-अन्डर २९ मा सकाए। उनले पहिलो देखि चौथो होलमा लगातार चार बर्डी प्रहार गरे।

नवौं होलमा पनि एक सट बचाएपछि फ्रन्ट नाइनको समाप्तीमा भुवन भन्दा मात्र एक स्ट्रोकले पछि थिए। भुवनले भने फ्रन्ट नाइन १-ओभर ३५ मा सकाए। भुवनले दोस्रो र चौथो होलमा बर्डी प्रहार गरेपनि तेस्रो होलमा डबल बोगी र पाँचौ होलमा बोगी खेपे।

निरजले फ्रन्ट नाइनकै प्रदर्शनलाई निरन्तरता दिए। १०औं होलमा बर्डी प्रहार गर्दै निरजले भुवनसँग स्कोर बराबरी गरे। यसपछि १३औं र १४औं होलमा लगातार दुई बर्डी प्रहार गर्दा निरजले दुई स्ट्रोकको अग्रता बनाए।

१६औं होलमा हजार्डबाट बोगी खेलेपनि १७औं होलको उत्कृष्ट बर्डीले पुन २ स्ट्रोकको अग्रता बनाए। उनले ब्याक नाइन ३-अन्डर ३१ मा सकाउँदा एक स्ट्रोकको जित निकालेका हुन। भुवनले भने १२औं होलको बोगीका विरूद्ध ११औं र १८औं होलमा बर्डी प्रहार गरे। ब्याक नाइन १-अन्डर ३३ मा सकाए।

जयरामले फ्रन्ट र ब्याक नाइन दुवै २-अन्डर ३२ मा सकाए। फ्रन्ट नाइनमा उनले दोस्रो, चौथो र आठौं होलमा बर्डी प्रहार गरे भने नवौं होलमा एक सट खेर फाले। ब्याक नाइनमा १३औं, १४औं र १७औं होलमा एक/एक सट बचाए भने १६औं होलमा बोगी प्रहार गरे।

चार दिने प्रतियोगितामा ३२ प्रोफेसनल र ९ एमेच्योर गरी कुल ४१ गल्फरहरूले प्रतिस्पर्धा गरेका थिए।

विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीपा लहरी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो