फाल्गुन १, २०८२ शुक्रबार | ०९:४७:१४
अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो

सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि

काठमाडौं । नेपाल नम्बर एक व्यावसायिक गल्फर निरज तामाङले धरानमा जारी सूर्य नेपाल इस्टर्न ओपनमा दोस्रो दिन पनि अग्रता कायम राखेका छन् ।

३ स्ट्रोकको अग्रतासहित दिनको खेल सुरु गरेका साविक विजेता निरजले लगातार दोस्रो दिन ६ अन्डर ६४ को स्कोर गरे । दुई दिनको खेल समाप्तीमा निरज समग्रमा १२ अन्डर १२८ स्कोरका साथ शीर्ष स्थानमा कायम रहँदा एमेच्योर गल्फर राहुल विश्वकर्मा ७ अन्डर १३३ स्कोरका साथ दोस्रो स्थानमा छन् । राहुलले दोस्रो दिन ६ अन्डर खेलेका थिए ।

दोस्रो स्थानमा रहेर दिनको खेल सुरु गरेका व्यावसायिक खेलाडी टंकबहादुर कार्की र चौथो स्थानमा रहेर बिहीबार कोर्समा उत्रिएका शुक्रबहादुर राई समान ४ अन्डर १३६ स्कोरका साथ संयुक्त रुपमा तेस्रो स्थानमा छन् । बिहीबार शुक्रले ३ अन्डर तथा टंकले १ अन्डरको प्रदर्शन गरेका थिए ।

दोस्रो दिन ४ अन्डर ६६ स्कोर गरेका दीनेश प्रजापती समग्रमा ३ अन्डर १३७ स्कोरका साथ पाँचौं स्थानमा रहँदा १ अन्डर १३९ स्कोर गरेका रवि खड्का, भुवन नगरकोटी र दोस्रो स्थानमा रहेर दिनको खेल सुरु गरेका बलभद्र राई संयुक्त रुपमा छैटौं स्थानमा छन् । बिहीबार रविले १ अन्डर खेल्दा भुवनले इभनपार तथा बलभद्रले २ ओभर खेलेका थिए ।

यसैगरी दुई दिनको खेल समाप्तीमा एमेच्योर खेलाडीद्धय पदमहाङ लिम्बु र प्रकृत तामाङ पनि शीर्ष १० मा अटाउन सफल भए ।

दुई दिनमा ३६ होलको खेल सकिँदा १७ व्यावसायिक तथा ७ खेलाडीले तेस्रो तथा अन्तिम दिनको छनोट (कट)मा सफलता हासिल गरे । कट बनाउन सफल अन्य व्यावसायिक खेलाडीमा जयराम श्रेष्ठ, सुमन परियार, सुनील केसी, संजय लामा, सुमन राई, भुवनकुमार रोक्का, दीपक मजर, कृष्णमान राजवाहक, सुरेश तामाङ, सूर्यप्रसाद शर्मा र धनबहादुर थापा छन् ।  

एमेच्योर खेलाडीबाट कटमा सफलता हासिल गर्ने खेलाडीमा राहुल, पदमहाङ र प्रकृतसँगै सुन्दर राई, राम तामाङ, जितेन्द्र राई र बलराम पौडेल छन् ।

सूर्य नेपाल गल्फ टुरअन्तर्गत वर्षको दोस्रो प्रतियोगितामा कुल पुरस्कार राशी १० लाख ५० हजार रुपैयाँ राखिएको छ । जहाँ विजेताले १ लाख ७० हजार रुपैयाँ पाउनेछ भने उपविजेताको भागमा १ लाख २५ हजार रुपैयाँ पर्नेछ ।

यसैगरी तेस्रो स्थान हासिल गर्नेले १ लाख रुपैयाँ पाउने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए)ले जनाएको छ । बिहीबार कटमा सफलता हासिल गर्ने सबै व्यावसायिक खेलाडी नगद पुरस्कारको भागिदार बन्नेछन् ।


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026