फाल्गुन २३, २०८२ शनिबार | २०:५६:२७
जापानसँग भारतको फराकिलो हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान जापानसँग भारतको फराकिलो हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान

राहुल विश्वकर्मालाई एकल अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन बुधबार एमेच्योर खेलाडी राहुल विश्वकर्माले एकल अग्रता  लिएका छन् ।

समग्रमा १६–अन्डर २ सयको स्कोरमा राहुलले साबिक विजेता सुवास तामाङलाई एक स्ट्रोकले पछि पारेका छन् । राहुलले आज ६-अन्डर ६६ स्कोर गरे ।

दोस्रो दिनका संयुक्त लिडर सुबासले आज बोगी रहित ५-अन्डर ६७ को स्कोर जोडे । समग्रमा उनले १५-अन्डर २ सय १ स्कोरकार्ड तयार पारेका छन् ।

आज ५-अन्डर ६७ को नतिजा निकालेका एमेच्योर सद्भाव आचार्य समग्रमा १३-अन्डर २०३ स्कोरका साथ तेस्रो स्थानमा छन् ।

समग्रमा ११-अन्डर २०५ को स्कोरमा निरज तामाङ र भुवन नगरकोटी संयुक्तरुपमा चौथो स्थानमा रहे । भुवनले आज दिनकै उत्कृष्ट ८-अन्डर ६४ को स्कोर दर्ज गरे । निरजले ४-अन्डर ६८ मा तेस्रो दिनको खेल सकाए ।

भुटानका निम दोर्जी तामाङ समग्रमा ८-अन्डर २०८ सहित छैटौं स्थानमा छन् । उनले आज २-अन्डर ७० खेले । उनी एमेच्योरतर्फ भने तेस्रो स्थानमा छन् । 

समग्रमा ७-अन्डर २०९ सहित सातौं स्थानमा रहने क्रममा दिनेश प्रजापतीले आज ४-अन्डर ६८ को नतिजा निकाले । समग्रमा ३-अन्डर २१३ सहित शुक्र बहादुर राई, सञ्जय लामा र रवि खड्का आठौं स्थानमा छन् । आज शुक्रले ३-अन्डर  ६९, सञ्जयले २-अन्डर ७० र रबिले १-अन्डर ७१ को स्कोर बनाए ।

लिडर राहुलले आज फ्रन्ट नाईनमा बोगी रहित ५-अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गरे। उनले पहिलो देखि तेस्रो तथा छैटौं र सातौं होलमा गरी कुल पाँच बर्डी प्रहार गरे। यसपछि ११औं होलमा १ सट खेर फाल्दा १५ र १८औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा सकाए ।

सुबासले फ्रन्ट नाइनमा ३-अन्डर ३३ र ब्याक नाइनमा २(अन्डर ३४ खेले । यस क्रममा उनले  तेस्रो, चौथो, नवौं, १२ र १३औं होलमा बर्डीको सफलता प्राप्त गरे।

सद्भावले दोस्रो, तेस्रो, सातौं र नवौं होलको बर्डीले फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए । यसपछि ११औं होलमा डबल बोगी खेपे । तर १२औं होलमा इगलको सफलता प्राप्त गरे भने १८औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा सकाए ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||