काठमाडौं । भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आइसिसी ट्वान्टी–२० विश्वकप क्लाइमेक्समा पुगेको छ । क्रिकेटको छोटो स्वरुपमा आगामी दुई वर्षका लागि विश्व च्याम्पियन बन्ने दौडमा रहेका आयोजक भारत र न्युजिल्यान्डमध्ये एकलाई आइतबारको फाइनलले उपाधिको ताज पहिर्याउनेछ ।
नेपाल आफै पनि यो विश्वकपको हिस्सा थियो । एसोसिएट राष्ट्रको हैसियतमा तेस्रो पटक विश्वकपमा सहभागिता जनाएको नेपालबाट कसैले पनि धेरै लामो यात्रा अपेक्षा गरेका थिएनन् । नेपालबाट प्रतियोगितामा राम्रो प्रदर्शनको मात्र आशा थियो । त्यसमा खरो उत्रिँदै नेपाली टोली घर फर्र्किएको पनि तीन साता हुन लागिसकेको छ ।
नेपाल चार रनले पराजित भए पनि निक्कै नजिकबाट चुनौती दिएको इङ्ल्यान्डले बिहीबारको सेमिफाइनलसम्मको यात्रा तय गर्यो । उपाधिकै मुख्य दाबेदारको रुपमा अगाडि बढिरहेको इङ्ल्यान्डको यात्रा अन्तिम चारको सनसनीपूर्ण स्पर्धामा आयोजक भारतसँग हार खानुअघिसम्म कायम थियो । यसकारण अझै पनि नेपाली समर्थकमाझ आम निर्वाचनको माहोलबीच पनि विश्वकपको चर्चा कायम रहयो । आफू पनि विश्व क्रिकेटको सबभन्दा ठूलो प्रतियोगिताको हिस्सा हुनुको नाताले आइतबार उपाधिको छिनोफानो नभएसम्म त्यो कायम रहने नै छ ।
दक्षिण एसियाको घेराभित्र पनि आफ्नो प्रभाव दिनानुदिन निम्छरो हुँदै गएको फुटबल पनि नेपालमा कम लोकप्रिय छैन । उसोत फुटबल विश्वकै सबभन्दा लोकप्रिय खेल हो । नेपालमा पनि कमजोर नतिजाका बावजुद फुटबल सर्वाधिक लोकप्रिय खेलमध्ये एक हो ।
क्रिकेटमा नेपालले विश्वकपमा नियमित सहभागिता जनाउने हैसियत बनाइसकेको छ । यसकारण क्रिकेट देशभित्र लोकप्रिय हुनु स्वभाविक हो । जवकि दक्षिण एसियाको घेराभित्र पनि आफ्नो प्रभाव दिनानुदिन निम्छरो हुँदै गएको फुटबल पनि नेपालमा कम लोकप्रिय छैन । उसोत फुटबल विश्वकै सबभन्दा लोकप्रिय खेल हो । नेपालमा पनि कमजोर नतिजाका बावजुद फुटबल सर्वाधिक लोकप्रिय खेलमध्ये एक हो ।

फुटबलको यही लोकप्रियताका कारण क्रिकेट विश्वकप नसकिँदै आसन्न फुटबल विश्वकपको चर्चा सुरु भइसकेको छ । अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्न लागेको विश्वकप २०२६ को विश्वव्यापी चर्चाबाट नेपाल बाहिर होस पनि कसरी ?
तर क्रिकेटमा जस्तै फुटबल विश्वकप पनि यसपाली विवाद र भूराजनीतिको सिकार हुने भयले विश्वभरका फुटबलप्रेमीलाई सताइरहेको छ । विश्वकप २०२६ सुरु हुन अब धेरै समय बाँकी छैन । ठ्याक्कै भन्दा सय दिन पनि छैन । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रतियोगिताको सय दिनको काउन्ट डाउन सुरु गरिसकेको छ । तर यसपल्टको विश्वकपलाई लिएर यति खेर अन्यौल र अनिश्चितता उक्तिकै छ । अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि अहिले चारैतर्फ त्रासपूर्ण स्थिति छ र यसै कारण अबको विश्वकप पनि प्रभावित हुने आशंका उब्जिएको छ ।
अहिलेको सबैभन्दा ठूलो प्रश्न ‘के इरानले अबको विश्वकप खेल्नेछ त ?’ भन्ने हो । इरान विश्वकपमा छनोट भएको एसियाको त्यस्तो फुटबल शक्ति हो, जसलाई फुटबलको मैदानमा कसैले पनि कम आँक्न मिल्दैन् । अहिलेका लागि इरानको प्राथमिकता विश्वकपमा सहभागिता जनाउने की नजनाउने भन्ने होइन ।
अहिलेको सबैभन्दा ठूलो प्रश्न ‘के इरानले अबको विश्वकप खेल्नेछ त ?’ भन्ने हो । इरान विश्वकपमा छनोट भएको एसियाको त्यस्तो फुटबल शक्ति हो, जसलाई फुटबलको मैदानमा कसैले पनि कम आँक्न मिल्दैन् । तर यही बेला इरान देश स्वयम भने ठूलै समस्यामा छ । आफ्ना सर्वोच्च नेता अली खामेनीलाई गुमाइसकेको इरान अब कसरी अगाडि बढ्ने छ भन्नेमै दुविधा छ । अहिलेका लागि इरानको प्राथमिकता विश्वकपमा सहभागिता जनाउने की नजनाउने भन्ने होइन ।
इरानी फुटबल संघले पनि यसबारे ठोस रूपमा केही भनिसकेको छैन् । इरानले चाहेर पनि अमेरिकामा हुने विश्वकपमा उसको सहभागिता पक्का हुने छैन । किनकी अमेरिकाले इरानी टिमलाई आफ्नो देशमा प्रवेश दिन्छ अथवा दिने छैन् भन्ने विषयको टुंगो छैन् । अमेरिकामा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिको चुनाव जितेपछि धेरै देशका नागरिकलाई आफ्नो देशमा प्रवेशमा रोक लगाएको छ । त्यसमा इरान पनि एक हो । त्यसमाथि ट्रम्प इरानलाई लिएर उक्तिकै आक्रामक छन् । उनले इरानलाई लिएर के निर्णय गर्ने हो त्यो अनुमान गर्न सकिन्न ।

यदी इरानले साँच्चै विश्वकप खेलेन अथवा खेल्न पाएन भने के हुनेछ ? यो अर्को प्रश्न हो । यसपालीको विश्वकपमा कुल ४८ देशको सहभागिता रहेको छ । यति धेरै देशले विश्वकप खेल्न लागेको पनि यो नै पहिलो पटक हो । यस्तोमा इरानको अनुपस्थितिमा कुन देशले विश्वकप खेल्ने हो, त्यसबारे पनि केही भन्न सकिन्न । सबैभन्दा आश्चर्य त के छ भने विश्व फुटबलको सर्वोच्च संस्था फिफाले पनि सबै घटनालाई लिएर केही भनिरहेको छैन् ।
मेक्सिकोमा अहिले चलिरहेको अस्थिरता हो । केही दिन अगाडि मेक्सिकोमा कुख्यात लागू औषध तस्कर नेमेसिओ रुबेन मारिएका थिए । उनको मृत्युसँगै पूरा मेक्सिकोमा अशान्ति छाएको थियो र अहिलेसम्म त्यो स्थितिमा खासै सुधार आएको छैन् ।
अन्य दुई कारणले पनि अबको विश्वकपलाई लिएर अन्यौल थपेको छ । एउटाः अमेरिकासँग क्यानाडा र मेक्सिकोको राम्रो सम्बन्ध नहुनु । ट्रम्प आएयता उनको विदेश नीतिका कारण धेरै देश अमेरिकासँग चिढिएका छन् । धेरै देशसँग अमेरिकाको सम्बन्ध पहिला जस्तो छैन् । त्यसमा क्यानाडा र मेक्सिको पनि हुन् । यी तीन सह आयोजकका रूपमा एक आपसमा विश्वकपका क्रममा कसरी काम गर्नेछन्, त्यसबारे ठ्याक्कै भन्न सकिन्न ।अर्कोः मेक्सिकोमा अहिले चलिरहेको अस्थिरता हो । केही दिन अगाडि मेक्सिकोमा कुख्यात लागू औषध तस्कर नेमेसिओ रुबेन मारिएका थिए । उनको मृत्युसँगै पूरा मेक्सिकोमा अशान्ति छाएको थियो र अहिलेसम्म त्यो स्थितिमा खासै सुधार आएको छैन् । त्यस कारण अहिले मेक्सिको पूर्णतः सुरक्षित छैन् भन्दा हुन्छ ।
यिनै कारणले हो, अबको विश्वकप सुरु हुन सय दिन भन्दा कम समय हुँदा पनि प्रष्ट दृष्य देखिइसकेको छैन । विश्व फुटबल परिवार अन्योलमा छ । आशा गरौं, आयोजक अमेरिका, मेक्सिको र क्यानाडा तथा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले चाँडो भन्दा चाँडो अन्योलका बादल हटाउनेछन् ।