फाल्गुन २३, २०८२ शनिबार | २०:०२:०१
जापानसँग भारतको फराकिलो हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान जापानसँग भारतको फराकिलो हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान

जापानसँग भारतको फराकिलो हार

काठमाडौं । दक्षिण एसियाली राष्ट्र भारतले एएफसी महिला एसियन कपमा लगातार दोस्रो हार बेहोरेको छ ।

शुक्रबार पर्थ रेक्ट्याङ्गुलर रंगशालामा सम्पन्न समूह ‘सी’को खेलमा बलियो जापानले भारतलाई ११–० ले हरायो । पाँच गोल पहिलो हाफमा सम्भव भएका थिए ।

जितसँगै जापानले क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । यसअघि जापानले चाइनिज ताइपेइमाथि २–० को जित हासिल गरेको थियो ।

यो नतिजासँगै भारतको क्वार्टरफाइनल पुग्ने सम्भावना न्युन बनेको छ । यसअघि भियतनामसँग २–१ ले पराजित भारतले अन्तिम खेलमा चाइनिज ताइपेइलाई हराउनै पर्ने हुन्छ ।

अस्ट्रेलियाका तीन सहर पर्थ, गोल्ड कोस्ट र सिड्नीमा हुने प्रतियोगितामा १२ टोलीले उपाधिका लागि चुनौती प्रस्तुत गरिरहेका छन् । दक्षिण एसियाबाट बंगलादेशले ऐतिहासिक पहिलो पटक महादेशीय प्रतियोगिता खेलिरहेको छ । त्यस्तै भारत आफ्नो नवौं अनुभव लिइरहेको छ ।

सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । लिगकम नकआउट प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछ । त्यस्तै तेस्रो स्थानमा अटाएका दुई उत्कृष्ट टोलीले पनि अन्तिम आठको यात्रा तय गर्नेछ । सेमिफाइनल पुग्ने चार र क्वार्टरफाइनलमा पराजित चारमध्ये एक टोलीले सन् २०२७ मा ब्राजिलमा हुने फिफा विश्वकपमा स्थान बनाउनेछ ।

भियतनाम तीन अंकका साथ अहिले अंकतालिकाको तेस्रो स्थानमा छ । चाइनिज ताइपेइ समान अंकका साथ दोस्रो स्थानमा उक्लिँदा भारत प्रतियोगिताबाट बाहिरिने निश्चित जस्तै बनेको छ ।

भारतले आफ्नो अन्तिम खेलमा मंगलबार चाइनिज ताइपेइ तथा जापानले भियतनामसँग खेल्नेछ ।
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||