चैत्र ९, २०८२ सोमबार | ०१:३३:४०
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

पाँच दिन भित्र दशरथ रंगशालाको प्रगति विवरण बुझाउन निर्देशन

फाइल तस्विर

काठमाडौं । युवा तथा खेलकुद मन्त्रीले पाँच दिन भित्र दशरथ रंगशालाको प्रगति विवरण उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

मंगलबार त्रिपुरेश्वरस्थित रशरथ रंगशालाको निरिक्षण गर्दै मन्त्री श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् ( राखेप) र अखिल नेपाल फुटबल संघ ( एन्फा) लाई यस्तो निर्देशन दिएका हुन् ।

एसियाली फुटबल महासंघ (एएफसी) ले पछिल्लो अवस्थालाई लिएर प्रश्न उठाएपछि दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने खतरा बढेको छ ।

एफसीले प्रारम्भिक चरणमा मैदानको पिच, फ्लड लाइट र सुरक्षाको विषयमा प्रश्न उठाएको छ ।

‘एएफसीले रंगशालाको अवस्थालाई लिएर प्रश्न उठाउनु गम्भिर विषय हो । के कारणले यस्तो अवस्था आएको हो त्यसको उत्तर जिम्मेवार पक्षले दिनुपर्छ । अबको २८ दिनपछि खेल हुँदैछ । मलाई पाँच दिन भित्रमा प्रगाति विवरण चाहिन्छ । त्यसका लागि जे-जे गर्नुपर्छ गर्नुहोस्,’मन्त्री श्रेष्ठले भने, ‘यदी घरेलु मैदानमा खेल हुन नसकेमा सम्बन्धित निकाय कार्वाहीको भागिदार हुनेछ ।’

नेपालले फिफा विश्वकप २०२६ छनोट तथा एसियन कप छनोट अन्तर्गत युएईसँग जेठ २४ मा दशरथ रंगशालामा खेल्ने तालिका छ । तर एएफसीको यो कदम पछि उक्त खेल नेपालमा नहुने सम्भावना बढेर गएको छ । 

यसअघि पनि दशरथ रंगशाला खेल्न लायक नहुँदा नेपालले बहराइनविरुद्धको दुवै खेल बहराइमै खेलेको थियो । त्यसपछि राखेपले एन्फाबाट मैदान हेरचाहको जिम्मेवारी खोसेको थियो ।

यसैगरी अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङले घरेलु मैदानमै खेल गराउने प्रयास भइरहेको बताए ।

‘‘एएफसीले केही कुरा सुधार गर्नुपर्छ भनेर पत्र आएको छ। अहिले मैदानको अवस्थालाई सुधार्न तिव्र गतिमा काम भइरहेको छ।  मन्त्री सदस्य सचि र एन्फा हामी तीनै पक्ष नेपालमा मै गेम गराउने प्रयासमा छौैं,’ अध्यक्ष नेम्वाङले भने ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो