चैत्र ८, २०८२ आइतबार | २०:१६:२४
राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै

अध्यक्ष र महासचिव अनुपस्थित हुँदा एन्फा-क्लबबीचको बैठक रद्ध

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष र महासचिव अनुपस्थित भएपछि सहिद स्मारक ‘बी’ डिभिजन लिगका क्लबहरुसँग मंगलबारका लागि तय गरिएको बैठक रद्ध भएको छ ।

एन्फाले आगामी वर्ष हुने सहिद स्मारक ‘बी’ डिभिजन लिग आयोजनाका लागि छलफल गर्न भनेर आज दिउसो १ बजेका लागि एन्फा कम्प्लेक्स सातदोबाटोमा ‘बी’ डिभिजन लिगका सबै १४ क्लबका अध्यक्ष र महासचिवलाई बोलाएको थियो ।

तर एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई दुवै अनुपस्थित भएकाले क्लबका पदाधिकारीहरुले बैठक बस्न नमानेको एन्फाका एक पदाधिकारीले बताए । ‘हामीले अध्यक्ष र महासचिव अनुपस्थित भए पनि प्रमूख कार्यकारी अधिकृत (सिइओ), प्रवक्ता र सहायक महासचिवबाट बैठक चलाउने योजना बनाएका थियौं,’ ती पदाधिकारीले भने, ‘तर उहाँहरुले आफैले बोलाएको बैठकमा अध्यक्ष र महासचिव अनुपस्थित भएर क्लबहरुको अपमान गरेको भन्दै छलफलमा बस्न मान्नुभएन ।’

ती पदाधिकारीका अनुसार पछिल्लो केही दिनदेखि अध्यक्ष नेम्वाङ र महासचिव राई कार्यालयमा अनुपस्थित छन् । महासचिव गृहजिल्ला उदयपुर पुगेका छन् भने अध्यक्ष नेपाली टोलीको बेलायत भ्रमण तथा विश्वकप छनोटअन्तर्गत युएईलाई नेपाल निम्त्याउनुपर्ने विषयमा आएका समस्याका कारण कार्यालयभन्दा बाहिरै बढि व्यस्त रहेको बताइएको छ ।

‘बी’ डिभिजन क्लबका संयोजक कुमार राजभण्डारीले अध्यक्ष र महासचिववाहेक अरुसँग कुरा गर्नुको कुनै अर्थ नरहेकाले आफूहरु फर्किएको बताए ।

‘अध्यक्ष र महासचिव नै थिएनन् । उहाँहरुसँग नै कुरा गर्नुपर्ने थियो । अरुसँग कुरा गरेर कुनै अर्थ नै हुँदैन । सम्बन्धित मान्छे नभएपछि हामी बस्नुको कुनै अर्थ रहेन । त्यही भएर फर्कियौं,’ आरसिटी क्लबका अध्यक्ष राजभण्डारीले भने, ‘आफैले बोलाएको बैठकमा पनि अनुपस्थित हुनुले उहाँहरु फुटबलप्रति कति गम्भीर हुनुहुन्छ भन्ने देखिएको छ । कि बोलाउनै भएन, नत्र बोलाएपछि त बस्नुपर्यो नी । उहाँहरुले आफै बोलाएको बैठक बहिस्कार गरेर ठूलो गैह्रजिम्मेवारीपना देखाउनुभयो ।’

मध्यपुरमाथिको कार्वाहीको निर्णय फिर्ता लिएपछि एन्फा फुटबल गर्न चाहन्छ भन्ने आफूहरुलाई लागे पनि अध्यक्ष र महासचिव अनुपस्थित भएर त्यसलाई भ्रममा परिणत गरिदिएको बताए । ‘पटकपटकको कृयाकलापबाट उहाँहरु फुटबल गर्न चाहनुहुन्न भन्ने थप प्रमाणित भएको छ,’ राजभण्डारीले थपे ।

नेम्वाङको नेतृत्वमा दुई वर्षअघि एन्फा कार्यसमितिमा नयाँ नेतृत्व आएयता ‘बी’ डिभिजनको लिग भएको छैन । गत वर्ष एन्फाले पटकपटक मिति तोकेर पनि लिग गरेको थिएन । एन्फाको निर्देशनअनुसार आफूहरुले खेलाडी अनुबन्धन गर्नुका साथै तयारी गरे पनि एन्फाले लिग नगरेका कारण ठूलो रकम खेर गएको भन्दै क्लबहरुले क्षतिपूर्ति माग गरिरहेका छन् ।

क्लबहरुले लिग गर्नका लागि क्षतिपूर्ति र त्योभन्दा पहिलाकै एन्फासँग लिनुपर्ने बक्यौता रकम तत्काल पाउनुपर्ने माग राखिरहेका बेला एन्फाले अदालतमा मुद्धा हालेको कारण देखाउँदै ‘बी’ डिभिजनको क्लब मध्यपुर युथ एसोसिएसनमाथि प्रतिबन्धको कार्वाही गरेपछि झन क्लब र एन्फाबीच संवादहिनताको अवस्था रहँदै आएको थियो ।

कार्यसमितिका सदस्यले राखेका एजेन्डा बैठकमा समावेश नगरेको विरुद्धमा मध्यपुरका एक सदस्यले अदालतमा एन्फाविरुद्ध मुद्धा दायर गरेका थिए । प्रतिक्रियास्वरुप एन्फाले मध्यपुरलाई कुनै पनि फुटबल गतिविधिमा लाग्न नपाउने भन्दै कार्वाहीको निर्णय गर्यो । तर त्यो निर्णयको बारेमा चिठी काटेर एन्फाले मध्यपुरलाई औपचारिक जानकारी भने गराएको थिएन ।

उसै एन्फाविरुद्ध आन्दोलनरत क्लबहरुले त्यसपछि बैठक बस्नका लागि समेत मध्यपुरमाथिको कार्वाही फिर्तालाई बटमलाइन बनाएका थिए । जसका कारण एन्फा र ‘बी’ डिभिजनका क्लबहरुबीच औपचारिक रुपमा कुराकानी समेत भएको थिएन । यही कारण पछिल्लो पटक गएको चैत २२ बाट ‘बी’ डिभिजन लिग गर्ने भनेर एन्फाले घोषणा गरे पनि लिग हुन सकेको छैन ।

अन्तत नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले बैशाख २० गते मध्यपुरमाथिको अनुशासनको कार्वाही निस्कृय रहेको भन्दै फिर्ता लिएर आजका लागि बैठक आह्वान गरेको थियो । पटकपटक मिति तोकेर पनि लिग गर्न नसकेको एन्फा ‘बी’ डिभिजनका १४ मध्ये १३ क्लबको अडानका कारण घुँडा टेक्न बाध्य भएको थियो ।

एन्फाका महासचिव राईले ‘बी’ डिभिजनका क्लबहरुलाई पत्र लेख्दै ‘अदालतमा परेको मुद्धाहरुको औचित्य नदेखिएकोले सम्बन्धित क्लबप्रति संघबाट भएको अनुशासन कार्वाही सम्बन्धि निर्णय स्वतह निस्कृय भएको र उक्त निर्णय हाल कार्यान्वयन नहुने’ जानकारी गराएका थिए ।

महासचिव राईले उक्त पत्रमार्फत दुई वर्षदेखि रोकिएको ‘बी’ डिभिजन लिग यो वर्ष पनि नहुने जनाएका थिए । बैशाख २५ (आज)का लागि बैठक आह्वान गर्दै राईले लेखेका थिए, ‘साथै आगामी वर्ष हुने सहिद स्मारक ‘बी’ डिभिजन लिग आयोजना र सञ्चालनका लागि छलफल गर्नुपर्ने भएकोले यहाँको क्लबका अध्यक्ष र महासचिवज्यूको उपस्थितीका लागि अनुरोध गर्दछु ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो