इङ्लिस प्रिमियर लिग

मोयसले सिजनको अन्त्यसँगै वेस्टहम छाड्ने

काठमाडौं ।  प्रशिक्षक डेभिड मोयसले सिजनको अन्त्यसँगै इङ्लिस क्लब वेस्टहम युनाइटेड छ छाड्ने भएका छन्। उनको सम्झौता यही सिजनको अन्त्यमा सकिँदै छ।

 क्लबले सोमबार उनले वेस्टहम छाड्ने जानकारी दियो। मोयसले आपसी सहमतीमै क्लब छाड्न लागेको वेस्टहमले बताएको छ ।

सन् २०१९ मा वेस्टहम फर्किएका उनले आफ्नो दोस्रो कार्यकाल सम्हालिरहेका छन्। उनले टोलीलाई गत सिजन युरोपा कन्फरेन्स लिगको उपाधि दिलाएका थिए।

६१ वर्षीय मोयसले यसअघि प्रिमियर लिगमा एभर्टन, म्यानचेस्टर युनाइटेड र सन्डरल्यान्ड सम्हालेका थिए। मोयसको स्थान स्पेन तथा रियाल मड्रिडका पूर्व प्रशिक्षक जुलेन लोपेटेगुइले बताइएको छ।