जाभी

यु-टर्न भए बार्सिलोना प्रशिक्षक जाभी

काठमाडौं । एउटा तथ्य निश्चित भएको छ, अर्को सिजन पनि बार्सिलोनाले प्रशिक्षक जाभीकै नेतृत्वमा खेल्नेछ । नत्र भनिएको थियो, यो सिजनको अन्त्यसँगै जाभीले क्लब छाड्ने छन् ।

उनको घोषणा जनवरीतिर आएको थियो, जतिबेला क्लबको प्रदर्शन खासै खराब थियो, टिमले जित्न बिर्सेको थियो । त्यो भन्दा ठूलो त क्लबमा विवादै विवाद थियो । ड्रेसिङ रुमभित्र खेलाडीले प्रशिक्षकलाई टेर्नै छाडेको हल्ला बाहिर आइरहेको थियो ।

अब नयाँ मिति तय आएको छ, सन् २०२५ को जुनसम्म जाभी बार्सिलोनामै रहने  । त्यो भनेको जाभीले बार्सिलोनासँग गरेको अनुबन्धको समयसीमा नै हो । यसरी ४४ वर्षीय प्रशिक्षकले आफ्नो निर्णय फेरे । यु-टर्न भए ।

सन् २०२१ को नोभेम्बरमा उनी बार्सिलोना आएका थिए । त्यसका लागि उनले कतारी क्लब अल साद छाडेका थिए । लगत्तै अर्को सिजन सन् २०२२-०२३ मा बार्सिलोनाले लिग पनि जित्यो ।
 

यसको श्रेय क्लबका अध्यक्ष जोन लापोर्टालाई जान्छ । उनले नै जाभीलाई फकाएका हुन् । आफ्नो निर्णय फेर्न प्रेरित गरेका हुन् । यस्तो किन भयो त ? भयो केभन्दा पछिल्लो जनवरीतिर पो क्लबको प्रदर्शन खराब थियो ।

अहिले भने राम्रो हुन थालेको छ । क्लबले स्पेनी ला लिगा जितेको पनि छैन । यो त रियल मड्रिडले जित्ने लगभग तय देखिन्छ । तर, बार्सिलोना नै दोस्रो स्थानमा रहने निश्चित छ । यसै कारण टोलीले अर्को सिजनको युरोपेली च्याम्पियन्स लिग खेल्ने निश्चित भएको छ । जनवरीतिरको स्थिति हेरेर त अहिलेको अवस्था वास्तवमै निकै राम्रो हो । यसले सम्भवतः जाभीलाई खुसी तुल्याएको हुनसक्छ । त्यसैले पनि उनले आफ्नो निर्णय फेरेका छन् ।

लापोर्टाले स्पेनी मिडियालाई भनेका छन्, ‘सबैलाई थाहा छ, सिजनको बीचमा जाभीले भावनामा बगेर केही निर्णय सुनाए । तर अहिले हामीसँग राम्रो निर्णयको समाचार छ । यो हो उनी क्लबमै रहनेछन् । आफ्नो काम राम्रो हुनेमा अब उनी आत्मविश्वासी देखिएका छन् ।’

सन् २०२१ को नोभेम्बरमा उनी बार्सिलोना आएका थिए । त्यसका लागि उनले कतारी क्लब अल साद छाडेका थिए । लगत्तै अर्को सिजन सन् २०२२-०२३ मा बार्सिलोनाले लिग पनि जित्यो ।

जाभीले यस सिजनको अन्त्यमा छाड्ने घोषणा गरेलगत्तै उनी साँच्चै केही आरामदायी मनसायमा देखिए । उनीमाथि बर्खास्तगीको दबाब हटेको थियो । नत्र लगातार समाचार आइरहेको थियो, जाभी कुनै पनि बेला बर्खास्त हुन सक्छन् भनेर ।

तर, बार्सिलोना यस्तै सफलता यसपल्ट भने दोहोर्याउन सकेको छैन् । अहिले तत्कालका लागि रियलभन्दा ११ अंकले पछाडि छ । लिगमा जम्माजम्मी ६ चरणको खेल बाँकी छन् ।

त्यतिमात्र होइन, बार्सिलोना च्याम्पियन्स लिगमा क्वार्टरफाइनल चरणबाटै बाहिरिसकेको छ । फेरि दोहोर्याएर भन्नुपर्छ, क्लबका लागि यो राम्रो स्थिति हो, यदि वर्षको सुरुमा क्लबले कसरी खेलिरहेको थियो भन्ने हो भने । त्यतिबेला त शीर्ष चारको सम्भावना पनि कमजोर थियो ।

जाभीले यस सिजनको अन्त्यमा छाड्ने घोषणा गरेलगत्तै उनी साँच्चै केही आरामदायी मनसायमा देखिए । उनीमाथि बर्खास्तगीको दबाब हटेको थियो । नत्र लगातार समाचार आइरहेको थियो, जाभी कुनै पनि बेला बर्खास्त हुन सक्छन् भनेर ।

प्रशिक्षक फुर्तिलो देखेपछि बार्सिलोनाको प्रदर्शन पनि अचम्मले राम्रो हुन थाल्यो । कुरा यसरी विस्तारै मिल्दै गयो कि अब त जाभीले आफूले नै अर्को सिजनको प्रशिक्षक हुने निर्णय गरे ।