वाफ वुमन्स च्याम्पियनसिप

जोर्डनविरुद्ध नेपालको तीन परिवर्तन

फाइल तस्विर

काठमाडौं । वेष्ट एसियन फुटबल महासंघ (वाफ) वुमन्स च्याम्पियनसिप अन्तर्गत फाइनलमा जोर्डनविरुद्ध नेपालको पहिलो रोजाइ सार्वजनिक भएको छ ।

नेपालका प्रशिक्षक राजेन्द्र तामाङले लेवनानविरुद्ध सेमिफाइनल खेलेको टोलीबाट तीन परिवर्तन गरेका छन् । सावित्रा भण्डारी, अनिता केसी र अनिता बस्नेतको स्थानमा रश्मिकुमारी घिसिङ , सविता राना मगर र दीप शाहीले मौका पाएका हुन् ।

सावित्रा क्लब फुटबलका लागि फ्रान्स फर्किइ सकेकी छन् । दुई अनितालाई विश्राम दिइएको छ ।

खेल साउदी अरेबियाको जेदाहस्थित प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा राति ९:४५ बजे सुरु हुने छ ।

नेपाली टोली

गोलकिपरः एञ्जिला तुम्बाप्पो सुब्बा (कप्तान)
रक्षकः हीराकुमारी भुजेल, गीता राना, अमृता जैसी, पुजा राना
मिडफिल्डरः सबिता राना मगर, दीप शाही, प्रीति राई, 
फरवार्डः रेखा पौडेल, रश्मिकुमारी घिसिङ, अमिषा कार्की