चैत्र ८, २०८२ आइतबार | २०:४१:४६
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

अन्तर विद्यालय क्रिकेटः सरस्वती र आदर्श बालिकाको दोहोरो जित

विराटनगर । नेपाल क्रिकेट फाउन्डेसन र क्रिकेट विथआउट वाउन्ड्रीको सहयोगमा  विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।

विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको दोस्रो संस्करणमा पहिलो दिन ६ खेल समाप्त भए । जसमा सरस्वती र आदर्श बालिका स्कुलले दोहोरो जित निकाले । यसैगरी महेन्द्र र सत्यनारायण स्कुलले एक खेलमा जित हात पारे ।

पहिलो खेलमा महेन्द्र स्कुलले आर्दश स्कुललाई चार रनले पराजित गरेको गर्यो । महेन्द्रले प्रस्तुत गरेको ७० रनको लक्ष्य पछ्याएको आदर्शले निर्धारित १० ओभर नै ब्याटिङ गरे पनि तीन विकेट गुमाउँदै ६५ रन मात्र बनाउन सक्यो ।

आर्दशका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । महेन्द्रका लागि नेहा पासवानले दुई विकेट लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको महेन्द्रले निर्धारित १० ओभरमा पाँच विकेट गुमाउँदै ६९ रनको योगफल तयार पार्यो । महेन्द्रका लागि भुमिका राजवंशीले सर्वाधिक १० रनको योगदान दिइन् ।

आर्दशकी निशा मण्डलले दुई विकेट लिइन् ।

दोस्रो खेलमा सरस्रवतीले मिल्स माविलाई ५२ रनले निरास बनायो । सरस्वतीले प्रस्तुत गरेको १०६ रनक लक्ष्य पछ्याएको  मिल्सले निर्धारित १० ओभरमा पाँच विकेट गुमाएर ५३ रन मात्र बनाउन सक्यो ।

मिल्सका लागि सुमन चौधरीले सर्वाधिक १६ रनको योगदान दिइन् । सरस्वतीका लागि कृष्णा धामीले तीन विकेट लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सरस्वतीले निर्धारित १० ओभरमा चार विकेट गुमाउँदै १०५ रनको योगफल तयार पारेको थियो । सरस्वतीका लागि पुर्णिमा राजवंशीले अविजित २१ रन बनाइन् ।

मिल्सकी गौरी महराले दुई विकेट लिइन् ।

तेस्रो खेलमा आदर्श बालिका स्कुलले सत्यनारायण स्कुललाई आठ विकेटले पराजित गर्यो । सत्यनारायणले प्रस्तुत गरेको १०८ रनको आदर्शले १५.२ ओभरमा पूरा गर्यो ।  

आदर्शका लागि सकुन्तला सहनीले अविजित ४७ रनको योगदान दिइन् । सत्यनारायणकी दिपिका साहले १ विकेट लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित १६ ओभरमा ४ विकेट गुमाई १ सय ७ रनको योगफल तयार पार्यो ।  सत्यनारायणका लागि सम्झना पासवानले सर्वाधिक १९ रनको योगदान दिइन् ।

आदर्श बालिकाकी कञ्चन रायले दुई विकेट लिइन् । 

यसैगरी चौथो खेलमा सरस्वतीले आदर्शलाई नौ र पाँचौं खेलमा आदर्श बालिकाले मिल्सलाई आठ विकेटले पराजित गरे । दिनको छैटौं तथा अन्तिम खेलमा सत्तनारायणले महेन्द्रमाथि  १५ रनको जित निकाल्यो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो