माघ १८, २०८२ आइतबार | २०:३४:१६
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

अन्तर विद्यालय क्रिकेटः सरस्वती र आदर्श बालिकाको दोहोरो जित

विराटनगर । नेपाल क्रिकेट फाउन्डेसन र क्रिकेट विथआउट वाउन्ड्रीको सहयोगमा  विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।

विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको दोस्रो संस्करणमा पहिलो दिन ६ खेल समाप्त भए । जसमा सरस्वती र आदर्श बालिका स्कुलले दोहोरो जित निकाले । यसैगरी महेन्द्र र सत्यनारायण स्कुलले एक खेलमा जित हात पारे ।

पहिलो खेलमा महेन्द्र स्कुलले आर्दश स्कुललाई चार रनले पराजित गरेको गर्यो । महेन्द्रले प्रस्तुत गरेको ७० रनको लक्ष्य पछ्याएको आदर्शले निर्धारित १० ओभर नै ब्याटिङ गरे पनि तीन विकेट गुमाउँदै ६५ रन मात्र बनाउन सक्यो ।

आर्दशका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । महेन्द्रका लागि नेहा पासवानले दुई विकेट लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको महेन्द्रले निर्धारित १० ओभरमा पाँच विकेट गुमाउँदै ६९ रनको योगफल तयार पार्यो । महेन्द्रका लागि भुमिका राजवंशीले सर्वाधिक १० रनको योगदान दिइन् ।

आर्दशकी निशा मण्डलले दुई विकेट लिइन् ।

दोस्रो खेलमा सरस्रवतीले मिल्स माविलाई ५२ रनले निरास बनायो । सरस्वतीले प्रस्तुत गरेको १०६ रनक लक्ष्य पछ्याएको  मिल्सले निर्धारित १० ओभरमा पाँच विकेट गुमाएर ५३ रन मात्र बनाउन सक्यो ।

मिल्सका लागि सुमन चौधरीले सर्वाधिक १६ रनको योगदान दिइन् । सरस्वतीका लागि कृष्णा धामीले तीन विकेट लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सरस्वतीले निर्धारित १० ओभरमा चार विकेट गुमाउँदै १०५ रनको योगफल तयार पारेको थियो । सरस्वतीका लागि पुर्णिमा राजवंशीले अविजित २१ रन बनाइन् ।

मिल्सकी गौरी महराले दुई विकेट लिइन् ।

तेस्रो खेलमा आदर्श बालिका स्कुलले सत्यनारायण स्कुललाई आठ विकेटले पराजित गर्यो । सत्यनारायणले प्रस्तुत गरेको १०८ रनको आदर्शले १५.२ ओभरमा पूरा गर्यो ।  

आदर्शका लागि सकुन्तला सहनीले अविजित ४७ रनको योगदान दिइन् । सत्यनारायणकी दिपिका साहले १ विकेट लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित १६ ओभरमा ४ विकेट गुमाई १ सय ७ रनको योगफल तयार पार्यो ।  सत्यनारायणका लागि सम्झना पासवानले सर्वाधिक १९ रनको योगदान दिइन् ।

आदर्श बालिकाकी कञ्चन रायले दुई विकेट लिइन् । 

यसैगरी चौथो खेलमा सरस्वतीले आदर्शलाई नौ र पाँचौं खेलमा आदर्श बालिकाले मिल्सलाई आठ विकेटले पराजित गरे । दिनको छैटौं तथा अन्तिम खेलमा सत्तनारायणले महेन्द्रमाथि  १५ रनको जित निकाल्यो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।