फाल्गुन १२, २०८२ मंगलबार | ११:४६:३९
पाकिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्यमा इङ्ल्याण्ड एभर्टनविरुद्ध युनाइटेडको संघर्षपूर्ण जित वेस्ट इण्डिजको फराकिलो जितले भारत समस्यामा फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं पाकिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्यमा इङ्ल्याण्ड एभर्टनविरुद्ध युनाइटेडको संघर्षपूर्ण जित वेस्ट इण्डिजको फराकिलो जितले भारत समस्यामा फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं
शनिबारको दिन इटालियन सिरी ए

कसरी जित्यो इन्टर मिलानले लिग ?

काठमाडौं । इटालियन फुटबलको शीर्ष डिभिजन सिरी ‘ए’मा यस सिजन रोचक प्रतिस्पर्धा देखिएन । एक दशकभन्दा बढी भइसक्यो, इटालियन फुटबलमा एकाध सिजनबाहेक अरू वर्ष कुनै हेर्नलायक प्रतिस्पर्धा नभएको ।

भन्नुको तात्पर्य, जो जो च्याम्पियन कहलिए सबैले एकतर्फी ढंगले उपाधि जितेका छन् । यसपालि पनि त्यस्तै भयो । लिगले ५ चरणको खेल बाँकी रहेको अवस्थामा नै नयाँ च्याम्पियन पाइसकेको छ ।

सोमबार मात्र छिमेकी प्रतिद्वन्द्वी एसी मिलानलाई २-१ ले पराजित गर्दै इन्टर मिलानले ५ खेलअगावै सिरी ‘ए’को उपाधि हत्याएको छ । क्लब इतिहासको २०औं सिरी ‘ए’ उपाधि जित्न सिमोन इन्जाघीको टोली इन्टरलाई कुनै गाह्रो भएन ।

दोस्रो स्थानको एसी मिलान च्याम्पियन इन्टरभन्दा १७ अंकले पछि पर्नुले पनि यो तथ्य पुष्टि गर्छ इन्टरलाई कति सजिलो थियो भनेर ।

लिग अवधिभर जम्मा १८ गोल खाएको इन्टरले यसपालि एउटा खेलमा मात्र हार बेहोरेको छ । आठ महिनाअगाडि इन्टर घरेलु मैदान सानसिरोमा सासौलोसँग २-१ ले पराजित भएको थियो । खास भन्ने हो भन्ने सिरी ‘ए’मा हेर्नलायक खेलमध्ये यो मात्रै एउटा होला । किनभने अहिले सासौलो पुछारको टोलीभन्दा एक स्थान मात्र माथि छ । रेलिगेसनबाट जोगिन टोलीलाई जितबाहेक अन्य विकल्प छैन ।

प्रमुख स्ट्राइकर लुकाकु लोनमा अर्को इटालियन क्लब एएस रोमा पुगेपछि प्रशिक्षक इन्जाघीले लाउटारो मार्टिनेजलाई थप जिम्मेवारी दिएका थिए । गत सिजन अन्त्यमा पूर्वगोलकिपर समीर हान्डानोभिकले संन्यास घोषणा गरेपछि अर्जेन्टिनी खेलाडी मार्टिनेजलाई कप्तानी जिम्मेवारी दिइएको थियो ।

सिजनअघिको ट्रान्सफर विन्डोमा गरिएका सम्झौताहरू इन्टरको सफलताको जग बन्न पुग्यो । जति नयाँ खेलाडी भित्रिए, ती सबै खेलाडी क्लबको योजनामा फिट रहे । यिनै खेलाडीले क्लबका केही दिग्गज खेलाडीलाई प्रतिस्थापन गरेका थिए ।

इन्टरले फरवार्ड मार्कोस थुराम, रक्षक बेन्जामिन पाभार्ड र गोलकिपर यान सोमरलाई ४० मिलियन युरोभन्दा कम रकममा क्लबले अनुबन्ध गरेको थियो । यी खेलाडीहरूले क्लबका स्टार खेलाडी रोमेलु लुकाकु, मिलन स्क्रिनियर र आन्द्रे ओनानाको ठाउँ लिएका थिए ।

प्रमुख स्ट्राइकर लुकाकु लोनमा अर्को इटालियन क्लब एएस रोमा पुगेपछि प्रशिक्षक इन्जाघीले लाउटारो मार्टिनेजलाई थप जिम्मेवारी दिएका थिए । गत सिजन अन्त्यमा पूर्वगोलकिपर समीर हान्डानोभिकले संन्यास घोषणा गरेपछि अर्जेन्टिनी खेलाडी मार्टिनेजलाई कप्तानी जिम्मेवारी दिइएको थियो ।

मिलानको चिरप्रतिद्वन्द्वी एसी मिलानलाई पनि एक समय उपाधि दाबेदारका रूपमा हेरिएको थियो । तर, प्रमुख खेलाडीहरू लामो समयसम्म चोटबाहिर निस्कन नसक्दा एसी मिलानलाई यसको प्रत्यक्ष असर पर्न गयो ।

इन्टरले फ्रेन्च खेलाडी थुरामलाई जर्मन क्लब बोरुसिया मोेन्सेनग्लाडबाचबाट अनुबन्ध गर्नुको एउटै कारण थियो, मार्टिनेजसँगको साझेदारी । जसमा इन्टरले सोचेअनुरुप फल पायो । इन्टरले कुल ७९ गोल गर्दा थुराम र मार्टिनेजले संयुक्त ३५ गोल गरेका छन् । उनीहरूको नाममा १६ असिस्ट पनि छ ।

यी दुई खेलाडीलाई इटालियन मिडफिल्डर निकोलो बरेलाले राम्ररी साथ दिइरहेका छन् । प्राविधिक खुबी भएका बरेला र टर्किस हाकान कोलोनोलुले इन्टरको मध्यपंक्तिलाई बलियो बनाउँदा लेफ्ट विङ्स ब्याक फेडेरिकोबाट पनि गोल र असिस्ट निस्किरहेको छ ।

यिनै ठोस कारणहरू इन्टर चार वर्षमै दोस्रो पटक उपाधि जित्न सफल भयो । ३३ खेलमा २७ जित निकालेको इन्टरलाई एकसमय मासिमिलानो एलेग्री मुख्य प्रशिक्षक रहेको युभेन्ट्सले कडा चुनौती दिएको थियो । तर, जनवरी अन्त्यसम्म पनि युभेन्ट्स उपाधि दौडमा थियो ।

फेबु्रअरीको सुरुआती दुई खेल हारेपछि इन्टरले दौडबाट युभेन्ट्सलाई उछिन्यो । अहिले युभेन्ट्स तेस्रो स्थानमा छ । फेबु्रअरीको पहिलो खेलमा युभेन्ट्स इन्टरसँगै पराजित भएको हो ।

मिलानको चिरप्रतिद्वन्द्वी एसी मिलानलाई पनि एक समय उपाधि दाबेदारका रूपमा हेरिएको थियो । तर, प्रमुख खेलाडीहरू लामो समयसम्म चोटबाहिर निस्कन नसक्दा एसी मिलानलाई यसको प्रत्यक्ष असर पर्न गयो । एसी मिलानको प्रदर्शनमा मुख्य प्रशिक्षक स्टेफानो पियोलीलाई दोष दिइयो । लगातारको परिवर्तित फर्मेसनका कारण उनी आलोचनाको केन्द्रविन्दुमा रहिरहे ।

साबिक विजेता नेपोलीका लागि यसपालि बिर्सनलायक प्रदर्शन रह्यो । गत वर्ष क्लबलाई उपाधि जिताएका लुसियानो स्पालेटी सिजन सुरु हुनुअघि नै जिम्मेवारीबाट हटेपछि नेपोलीले उनको स्थानमा रुडि गार्सियालाई भित्र्याएको थियो । तर, चार महिनापछि गार्सिया बर्खास्तगीमा परे । उनको ठाउँमा आएका थिए पूर्वप्रशिक्षक वाल्टर मज्जारी ।

मज्जारीले पनि नेपोलीको खराब सिजनलाई सुधार्न सकेनन् । जवाफमा उनी तीन महिनामा नै क्लबबाट टाढिए । मज्जारीपछि अहिले स्लोभाकियन राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक फ्रान्सेस्को काल्जोनाले नेपोलीको जिम्मेवारी लिएका छन् । काल्जोना अहिले दुवै टोली सम्हालिरहेका छन् ।

काल्जोनाको नेतृत्वमा नेपोलीले मात्र ३ खेलमा जित हासिल गरेको छ । र, अहिले टोली तालिकाको आठौं स्थानमा छ । गणितीय हिसाबमा अर्को वर्ष हुने युइएफए च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना समाप्त भएको छ ।

इन्टरले सिजन सुरु हुनुभन्दा अगाडि सायदै सोचेको थियो होला, यति सहज तरिकाले लिग जित्न सकिएला । गत वर्ष च्याम्पियन्स लिगको फाइनल खेलेको इन्टरको अबको लक्ष्य हुनेछ, इटालियन फुटबलको पावरहाउस बनिरहने अनि युरोपियन फुटबलमा आफ्नो साख फिर्ता ल्याउने । यी लक्ष्यहरू यसपालि जितेको लिग उपाधिको यात्रा जस्तो सहज भने हुने छैन ।