प्रदेशस्तरीय हक्की

प्रदेशस्तरीय हक्की सोमबार हुने

सांकेतिक तस्विर

काठमाडौं । बागमती प्रदेश हक्की संघको आयोजनामा प्रथम प्रदेशस्तरीय पुरुष फाइभ्स हक्की प्रतियोगिता सोमबार हुने भएको छ ।

प्रतियोगितामा ६ टिमको सहभागिता रहने नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जनाएकी छन् । नेपाल आर्मीको दुईसहित नेपाल प्रहरी, एपिएफ, बागमती प्रदेश र गण्डकी प्रदेशको सहभागिता रहने छ ।

शीर्ष तीनमा रहने टिमले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । लिग कम नकआउट आधारमा हुने एक दिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।