नेपाली फुटबल

बेलायत जाने फुटबल टोलीको बिदाइ

तस्विरः एन्फा

काठमाडौं । मैत्रीपूर्ण खेलका लागि बेलायत जाने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) सोमबार टोलीको विदाइ गर्यो ।

नेपालले बैशाख २४मा इङ्ल्यान्ड ‘सी’ को सामना गर्दैछ । खेल अल्डरसट टाउन फुटब क्लबको घरेलु मैदान इबिबी रंगशालमामा हुनेछ ।

त्यसअघि नेपालले बैशाख २१ मा ब्रिटिश आर्मी टोलीसँग पनि मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ । 

बिदाइ कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रबरब फेन, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपध्यक्ष वीरबहादुर खड्का, महासचिव किरण राई, प्रवक्ता सुरेश शाह, सदस्य भरत बुढथापाको उपस्थिति थियो ।

तस्विरः एन्फा

प्रशिक्षक भिसेन्जो एल्बर्टो एनेसले सोमबार किरणकुमार लिम्बुको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका छन् । मिडफिल्ड फत्तेमान घलेलाई पहिलो पटक राष्ट्रिय टोलीमा समावेश गरिएको छ ।

यसैगरी अनुभवी रक्षक अनन्त तामाङले भने चोटका करण बेलायत भ्रमण गुमाउने भएका छन् ।

नेपाली टोली

गोलकिपरः किरणकुमार लिम्बु, अभिषेक बराल, विशाल सुनार

रक्षकः छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ, रोहित चन्द

मिडफिल्डरः फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी, लाकेन लिम्बु

फरवार्डः दिनेश हेन्जन, अन्जन विष्ट, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट