सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता

राष्ट्रिय महिला हक्की: आर्मी र गण्डकी फाइनलमा

धुलिखेल । विभागीय टोली आर्मी क्लब र गण्डकी प्रदेश छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा सोमबार फाइनल प्रवेश गरेका छन् ।

धुलिखेलमा भएको पहिलो सेमिफाइनलमा आर्मीले मधेश प्रदेशलाई ६-० ते पराजित गर्यो । आर्मीलाई जित दिलाउन सरस्वती तामाङले ह्याट्रिक गरिन् । त्यस्तै डम्मरा भट्टले दुई तथा सिमा खड्काले एक गोल गरे ।

डम्मराले खेलको पाँचौ मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाइन । खेलको १०औं मिनेटमा डम्मराले नै ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् ।

सिमाले २२औं मिनेटमा आर्मीका लागि तेस्रो गोल गरिन् । सदस्वतीले २३, ३९र ५७ औं मिनेटमा गोल गर्दै आर्मीलाई ६-०को फराकिलो जित दिलाइन् ।

सोमबार नै भएको दोस्रो सेमिफाइनलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई पेनाल्टी स्ट्रोकमा २-० ले पराजित गर्यो । निर्धारित समयमा दुवै टोलीबाट ३-३ भएपछि खेलको निर्णय पेनालटी स्ट्रोकबाट लिइएको हो ।

 पेनाल्टी स्ट्रोकमा गण्डकीका लागि ज्योति काफ्ले र मेलिना गौचनले गोल गर्दा सीता माया बल र शिल्पा डंगौराले गोल गर्न सकिनन् । यता सुदूरपश्चिमका सन्जु चौधरी, पुर्णिमा नेगी, आशिका एसके र जमुना भट्टराईले चुके  ।