इन्डियन प्रिमियर लिग

दिल्लीविरुद्ध कोलकत्ताको सहज जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकत्ता नाइट राइडर्सले सोमबार राति दिल्ली क्यापिटल्समाथि ७ विकेटको सहज जित निकालेको छ ।

इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले ९ विकेट गुमाउँदै एक सय ५४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा कोलकत्ताले १६.३ ओभरमा मात्र तीन विकेट गुमाएर छैटौं जित निकालेको हो ।

४७औं खेलमा आएर छैटौं जित निकालेको कोलकत्ता १२ अंकसहित दोस्रो स्थानमा छ । राजस्थान समान खेलबाट १६ अंकसहित शीर्ष स्थानमा रह्यो । दिल्ली ११ खेबलाट दश अंकसहित छैटौं स्थानमा छ ।

घरेलु मैदानमा कोलकत्ताको जितमा ओपनर फिल साल्टले ३३ बलमा ६८ रन बनाएका हुन् । उनले सात चौका र ५ छक्का प्रहार गरेका थिए । कप्तान श्रेयस ऐयरले ३३ र बेनकटेश ऐयरले २६ रनको योगदान गरे । दिल्लीका अक्षर पटेलले सर्वाधिक दुई विकेट लिए ।

यसअघि पहिलो इनिङमा कोलकत्ताका बरुन चक्रभर्तीले चार ओभरमा १६ रन खर्चिएर तीन विकेट लिएपछि दिल्ली दबाबमा आएको थियो । हर्षित राना र भैभब आरोराले समान दुई विकेट लिएका थिए ।

दिल्लीका कुलदीप यादवले अविजित सर्वाधिक ३५ रन बनाए । कप्तान ऋषभ पन्तले २७, अभिषेक पोरेलले १८ रनको योगदान गरेका हुन् ।