लेष्टर सिटी

लेष्टरको जितमा भार्डीको दुई गोल, प्रिमियर लिगमा बढुवा

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा बढुवा भइसकेको लेष्टर सिटीको जितमा जेमी भार्डीले दुई गोल गरेका छन् । सोमबार राति भएको च्याम्पियनसिपमा लेष्टरले पे्रस्टन नर्थ एन्डलाई ३–० ले हराएको हो ।

साम एलिसन मैदानमा २० हजार समर्थकमाझ लेस्टर प्रिमियर लिगमा बढुवा हुँदै च्याम्पियनसिपको उपाधि उचालेको थियो ।

लेस्टर ४५ खेलमा ९७ अंकसहित शीर्ष स्थानमा रह्यो । लिड्स युनाइटेड समान खेलबाट ९० अंक जोड्न सफल भयो ।

भार्डीले लेस्टरबाट १२ वर्ष खेल्दा १९० गोल गरिसकेका छन् । ३७ वर्षीय भार्डी इङ्ल्यान्डका पूर्व स्ट्राइकर हुन् । उनले प्रिमियर लिग र एफ कपको उपाधि पनि उचालिसकेका छन् । यस सिजनमात्रै २० गोल गरेका हुन् ।

लेस्टरको जितमा भाडीले ३६ र ५२औं मिनेटमा दुई गोल गरे । कासी म्याकटिरले ६७औं मिनेटमा तेस्रो गोल गरेका हुन् ।

बर्नली, फुलहम र नर्विजपछि लेस्टर रेलिगेशन भएको कम समयमै प्रिमियर लिगमा बढुवा हुने क्लब पर्छ ।