चैत्र १३, २०८२ शुक्रबार | ०९:०६:४६
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

भिसा नआउँदा बेलायत उड्न पाएन नेपाली टोली

काठमाडौं।  बेलायती भिसा आइनसकेका कारण इङल्यान्ड ‘सी’ विरुद्ध बैशाख २४ मा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय  टोली आज बिहानको लागि तय भएको उडानमा रद्द भएको छ ।

बिहान ९ः३०, दिउसो १ बजे र साँझ ७ बजेकाे तीन फरक फ्लाइटमा उड्ने तयारीमा रहे पनि टिमको भिसा नआइपुगेका कारण उडन नपाएको एन्फा स्रोतले बताएको छ ।

समयमा भिसा नपाए पनि बेलायती पक्षले आज दिनभरमा भिसा आइसक्ने बताएका कारण एन्फा आजै राती २ बजे पूरा टिमलाई एकसाथ उडाउने प्रयासमा जुटेकोबताइएको छ ।

आजका विभिन्न फ्लाइटका लागि खरिद गरिसकेको टिकटमा उडन नसकेपछि एन्फाले टिम र पदाधिकारी गरि ३५ वटा टिकटको ३३ प्रतिसत रकम क्यान्सीलेसन चार्ज समत तिर्नुपर्ने भएको छ ।

‘समयमा कन्फर्म नगर्दा हामीले उसै पनि डेढ लाख रुपैयामा पाएको टिकट २ लाख ८५ हजार रुपैयाँको दरले किन्नु परेको थियो । तर अब त्यसमा पनि जरिवाना तिर्नुपर्दा एन्फालाई झण्डै ८० लाख रुपैयाँ घाटा पर्ने भयो,’ एन्फाका एक पदाधिकारीले भने, ‘प्रतियोगिता गर्न हामी आर्थिक संकट भनिरहेका छौ । तर यसरी समयमा काम नगरेर करोडी रुपैयाँ खेर फालिरहेका छौ । यो पनि एकप्रकारको भ्रष्टाचार हो । शुसासनको कुरा गर्छौ, तर काम यस्तो छ ।’

एन्फा प्रवक्ता सुरेश शाह भने अब राति २ बजेको कुनै फ्लाइटमार्फत सबैलाई एकै पटक उडाउने प्रयास भइरहेको बताउछन्। उनी भन्छन, ‘अहिले जादा तीनवटा फरक जहाज भइकाले ट्रान्जिट पनि फरक पर्ने भएकाले राती एउटै फ्लाइटबाट पठाउने प्रयास गरिरहेका छौं ।’
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो