चेल्सी

सिल्भाले सिजनको अन्त्यसँगै चेल्सी छाड्ने

काठमाडौं ।  ब्राजिलियन रक्षक थियागो सिल्भाले यस सिजनको अन्त्यसँगै इङ्लिस क्लब चेल्सी छोड्ने घोषणा गरेका छन् ।

चेल्सी र सिल्भाबीचको सम्झौतायस सिजनको अन्त्यसँगै सम्झौता सकिदै छ । ३९वर्षिय सिल्भा सन् २०२० मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)बाट फ्रि ट्रान्सफरमा चेल्सी भित्रिएका थिए ।

सिल्भाले चेल्सीका लागि १५१ खेल खेल्दा नौ गोल पनि गरेका थिए । यस अवधिमाउनले एक च्याम्पियन्स लिग,  युइएफए सुपर कप, फिफा क्लब विश्वकप जिते ।