इन्डियन प्रिमियर लिग

लखनउ र मुम्बई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को १७औं संस्करणमा मंगलबार लखनउ सुपर जाइन्ट र मुम्बई इन्डिन्स भिड्दै छन् । खेल लखनउको एकान क्रिकेट मैदानमा नेपाल समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

जारी संस्करणमा दुवै टोली आफ्नो १०औं खेल खेल्दैछन् ।  नाै खेलमा १० अंक लखनउ हाल पाँचौं स्थानमा  छ ।  मुम्बई समान खेलबाट ६ अंकका साथ नवौं स्थानमा छ ।

लखनउ केएल राहुल र मुम्बई हार्दिक पाण्ड्यको कप्तानीमा मैदान उत्रिनेछन् ।

लखनउलाई मार्कस स्टोइनिस, निकोलस पुरन, मोसिस खान, रवि बिश्नाई जस्ता खेलाडीले साथ दिनेछन् । यता मुम्बईलाई टिम डेविड, जसप्रित बुमराह, सूर्यकुमार यादव, तिलक बर्मा जस्ता खेलाडीको साथ रहनेछ ।

आइपिएलका हालसम्म यी दुईबीच चार खेल भएको छ । जसमा लखनउने तीन र मुम्बईले एक खेल आफ्नो पक्षमा पारेका छन् ।