महिला लिग छनोट

मधेशले लुम्बिनीलाई हरायो

तस्विरः एन्फा

काठमाडौं । एन्फा महिला लिग छनोटमा मधेश प्रदेशले लुम्बिनी प्रदेशविरुद्ध ३-१ को जित निकालेको छ ।

जितसँगै ६ खेलमा १० अंक जोडेको मधेश दोस्रो स्थानमा उक्लिएको छ । पराजित लुम्बिनी पाँच खेलबाट तीन अंकका साथ छैटौं स्थानमा छ ।

सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा मधेशलाई जित दिलाउन रजनी थोकरले दुई गोल गर्दा एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो ।  लुम्बिनीका लागि प्रतिक्षा ठकुरीले गोल फर्काइन् ।

तस्विरः एन्फा

खेलको ३८औं मिनेटमा रजनीको गोलमार्फत मधेशले अग्रता लिएको थियो । तर, त्यो अग्रता लामो समयसम्म टिक्न भने सकेन आठ मिनेटपछि नै प्रतिक्षाले लुम्बिनीलाई बराबरीमा ल्याइन् ।

रजनीले ७५औं मिनेटमा रजनीले ब्यक्तिगत दोस्रो गोल गर्दा मधेश २ १ ले अगाडि बढ्यो । इन्जुरी समयमा अञ्जना पुनबाट आत्मघाती गोल हुन पुग्दा मधेशले ३-१ को जित निकाल्यो ।