च्याम्पियन्स लिग

बायर्नलाई रियालको चुनौती

काठमाडौं ।  युराेपियन च्याम्पियन्स लिगको अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा मंगलबार जर्मन क्लब बायर्न म्युनिखले स्पेनको रियाल मड्रिडको सामना गर्नेछ ।

खेल नेपाली समय अनुसार राति १२ः४५ बजे बायर्नको घरेलु मैदान एलियन्ज एरिनामा हुनेछ ।

क्वार्टरफाइनलमा बायर्नले आर्सनल तथा रियालले साविक विजेता म्यानचेस्टर सिटीलाई पराजित गरेका थिए ।

च्याम्पियन्स लिगमा हालसम्म यी दुईबीच २६ खेल भएका छन् । जसमा रियाललले १२ र बायर्नले ११ खेल जित्दा तीन खेल बराबरीमा सकिएको छ ।

पछिल्लो पटक यी दुई सन् २०१७/१८ को सिजनमा भिडेका थिए । जसमा रियालले सम्रगमा ४-३ को जित निकालेको थियो ।

बायर्नलाई ह्यारी केन, जमाल मुसियाला, ह्यारी केन, म्यानुयल नोयर, जोसुवा किमिच जस्ता खेलाडीको साथ रहेनछ । रियाल भिनिसियस जुनियर, जुड बेलिङघम, लुकास भास्क्वेज, ड्यानी कार्भाजाल जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।