आइसिसी ट्वान्टी २० विश्वकप

इङ्लिस टोलीमा जोर्डन र आर्चरको पुनरागमन

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकपका लागि इङ्ल्यान्डको टोली घोषण भएको छ । इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले जोस बट्लरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा क्रिस जोर्डन र जोफ्रा आर्चरले पुनरागमन गरेका छन् ।

जुन १ देखि सुरु हुने विश्वकपको समूह ‘बी’ मा इङ्ल्यान्ड अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमानछन् । इङ्ल्यान्डले जुन ४ तारिखमा स्कटल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । 

इंङ्ल्यान्डको टोली

जोस बट्लर (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनी बेयरिस्टो, ह्यारी ब्रुक, साम करन, बेन डकेट, टम हार्टले, विल ज्याक्स, क्रिस जोर्डन, लियम लिभिङस्टोन, आदिल राशिद, फिल साल्ट, रिस टोप्ली, मार्क उड