आइसिसी ट्वान्टी २० विश्वकप

मार्करमको कप्तानीमा दक्षिण अफ्रिकाको टोली घोषणा

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकपका लागि दक्षिण अफ्रिकाको टोली घोषणा भएको छ । दक्षिण अफ्रिका क्रिकेट बोर्डले एडेन मार्करमको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

जेराल्ड कोएट्जी पहिलो पटक ट्वान्टी २० विश्वकपका टोलीमा समावेश भएका छन् । यसैगरी एनरिच नोर्त्जेले पुनरागमन गरेका छन् ।

जुन १ देखि  वेस्ट इन्डिज र अमेरिकामासुरु हुने विश्वकपको समूह ‘डी’ मा दक्षिण अफ्रिका, नेपाल, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् । दक्षिण अफ्रिकाले जुन ३ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

नेपाल र दक्षिण अफ्रिका जुन १४ मा भिड्ने छन् ।

दक्षिण अफ्रिकीको टोली

एडेन मार्करम (कप्तान) ओट्निल बार्टम्यान, क्विनटन डी काक, ब्योर्न फर्ट्युन, रिजा हेन्ड्रिक्स, मार्को जानसेन, हेनरिच क्लासेन, केशव महाराज, डेभिड मिलर,नोर्त्जे, कागिसो रबाडा, रयान रिकेल्टन, ताबरेज शम्सी, जेराल्ड कोएट्जी, ट्रिस्टन स्टब्स