आइसिसी ट्वान्टी २० विश्वकप

ट्वान्टी २० विश्वकपका लागि भारतीय टोली घोषणा

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकपका लागि भारतीय टाेली घोषणा भएको छ। भारतीय क्रिकेट बोर्डले मंगलबार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

ऋषभ पन्त र जसप्रित बुमराहले टोलीमा पुनरागमन गरेका छन् ।

जुन १ देखि वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकपको समूह ‘ए’ मा भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका छन् । भारतले जुन ५ मा आयरल्यान्डसँग खेल्दै प्रयोगिताको सुरुआत गर्नेछ ।

भारतीय टोली
रोहित शर्मा (कप्तान), यशस्वी जयसवाल, ,विराट कोहली, हार्दिक पाण्ड्य (उपकप्तान), सूर्यकुमार यादव, ऋषभ पन्त सन्जु स्यामसन , शिवम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, मोहम्मद सिराज