हिद स्मारक ‘सी’ डिभिजन लिग

सागरको ह्याट्रिकमा पुल्चोकको फराकिलो जित

तस्विरः एन्फा

काठमाडौं । सागर थिङको ह्याट्रिकप्रेरित पुल्चोक स्पोर्टस क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा मंगलबार रानीवन स्पोर्टस क्लबलाई ४-० ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुल्चोकलाई जित दिलाउन थप एक गोल सुमन श्रेष्ठले गरे । 

जितसँगै पाँच खेलमा १२ अंक जोडेको पुल्चोक शीर्ष स्थानमा उक्लिएको छ । पराजित रानीवन समान खेलबाट तीन अंकका साथ १२औं स्थानमा छ ।

पहिलो हाफको इन्जुरी समयमा सुमनको गोलमार्फत पुल्चोकले अग्रता लिएको थियो । उनले कृष्ण रानामगरको थ्रु पासलाई पोस्टको दिशा दिए ।

तस्विरः एन्फा

हिमान्चल सिंहले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि रानीवन ६६औं मिनेटमा १० खेलाडीमा समेटियो ।

सागरले ८३औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । उनले सुमनको पसालाई सदुपयोग गरे । त्यसअघि कप्तान सिरब लोतामाङले सुमनलाई बल उपलब्ध गराएका थिए ।

खेलको इन्जुरी समयमा सागरले ब्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । यसपट पनि उनले सुमनको पासलाई पोस्टको दिशा दिए । इन्जुरी समयमै सागरले ह्याट्रिक पूरा गर्दै पुलचाेकलाई

जारी प्रतियोगितामा यो दोस्रो ह्याट्रिक हो । यसअघि समाज कल्याणका रोशन क्षेत्रीले मनोहरा युनाइटेडविरुद्ध ह्याट्रिक पूरा गरेका थिए ।