चैत्र १४, २०८२ शनिबार | १५:०१:३८
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

स्वीकृती नलिएका १५ पदाधिकारीलाई बेलायत जान खेलकुद मन्त्रालयले रोक्यो

काठमाडौं । इंग्ल्यान्डमा हुने मैत्रिपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टिमको खेलाडी तथा अफिसियलको भीसा  नआएको विषयमा युवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको उपस्थितिमा अखिल नेपाल फुटवल संघ एन्फाका महासचिव किरण राईसँग आज (मंगलबार) छलफल गरेका छन् ।

भिषा ढिलाईको विषयमा मन्त्री श्रेष्ठलाई जानकारी गराउँदै एन्फा महासचिव राईले  रातिसम्म भिषा आउने बताएका छन् । भिषा लिनकै लागि भारतको दिल्लीमा पठाएको पनि महासचिव राईले मन्त्री श्रेष्ठलाई जानकारी गराएका छन् ।

एन्फाले मैत्रिपूर्ण खेलको लागि खेलाडी र अफिसियल गरी कुल ३० जनाको नाम राष्ट्रिय खेलकुद परिषदमा पठाएको र हिजो स्वीकृती दिएको सदस्य सचिव  घिसिङले मन्त्री श्रेष्ठलाई जानकारी गराए। यस बाहेक ५ जना एन्फा भिआइपी र १५ जना अन्य एन्फा पदाधिकारीको सहभागिताको स्वीकृतीको लागि परिषदमा पत्र नआएको पनि सदस्य सचिव घिसिङले स्पष्ट पारेका छन् ।

यस विषयमा एन्फा महासचिव किरण राईले खेलाडी र टिमको मात्र स्विकृत लिनुपर्ने भएकाले अरूको हकमा स्विकृत नलिएको जिकिर गरे। उनले बाकी २० जना आफ्नै खर्चमा जाने पनि बताए। तर एन्फाले उनीहरूको भीसाको लागि बेलायती राजदुतावासमा भिषाको लागि सिफारिस गरेको पनि बताए।

राष्ट्रिय खेलकुद ऐनको दफा २८ (झ) अनुसार  खेलाडी पदाधिकारी सबैले स्विकृत लिनुपर्ने व्यवस्था छ । सोही बमोजिम अन्य १५ पदाधिकारीहरू बेलायत जानको लागि राष्ट्रिय खेलकुद परिषदबाट स्विकृत लिनुपर्ने हुन्छ ।

स्विकृत नलिएसम्म हालको लागि १५ पदाधिकारीहरू बेलायत जान पाउने छैनन। युवा तथा खेलकुद मन्त्रालयले परिषदको स्विकृत बिना १५ एन्फा पदाधिकारीलाई बेलायत जान रोक लगाउन गृह मन्त्रालयलाई पनि पत्र पठाएको छ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो