सिन्धुपाल्चोक जिल्ला लिग

सिन्धुपाल्चोक जिल्ला लिगः बाह्रदेवी र योङ्ग जेनेरेसन सेमिफाइनलमा

लामोसाँघु । बाह्रदेवी युवा क्लब र योङ्ग जेनेरेसन युवा क्लब सिन्धुपाल्चोक जिल्ला लिगको सेमिफाइनल प्रवेश गरेका छन् ।

लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा सोमबार सम्पन्न खेलमा बाह्रदेवीले धार्पा युवा क्लबलाई १-० तथा योङ्ग जेनेरेसनले प्याराडाइज युवा क्लबलाई २-१ ले पराजित गरे ।

सेमिफाइनलमा बाह्रदेवीले साविक विजेता न्यु सदाबहार युवा क्लब तथा योङ्ग जेनेरेसनले चौतारा स्पोर्टिङ क्लबको सामना गर्नेछन् ।