पाँचपोखरी जिल्लास्तरीय ट्वान्टी २० क्रिकेट प्रतियोगिता

जिल्लास्तरीय क्रिकेटः सेमिफाइनल समिकरण पूरा

काठमाडौं । पाँचपोखरी जिल्लास्तरीय ट्वान्टी २० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

मुलपानी क्रिकेट मैदान(तल्लो) मा जारी प्रतियोगितामा बिहीबार जित निकालेका पाँचपोखरी क्रिकेट क्लब र साविक विजेता ह्याल्मो-११ ले समूह विजेता बन्दै सेमिफाइनल यात्रा तय गरे ।

विजय धितालको उत्कृष्ट प्रदर्शनमा पाँचपोखरीले मेलम्ची नगरपालिकालाई तीन विकेटले हरायो । मेलम्चीले प्रस्तुत गरेको ९७ रनको लक्ष्य पाँचपोखरीले  १९.२ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो ।

पाँच पोखरीका लागि लाक्पा लामाले २४, कप्तान सार्थक धितालले २०,  र विजय धितालले १४ रन जोडे । मेलम्चीका लागि रिन्जिन लामा र रामकृष्ण दुलालले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मेलम्चीले १७.१ ओभरमा सबै विकेट गुमाउँदै सबै विकेट गुमाउँदै ९६ रनको योगफल तयार पार्यो ।

मेलम्चीका लागि रिन्जिन लामाले २५ रन र सोनु देवकोटाले २६ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पाँचपोखरी क्रिकेट क्लब

पाँच पोखरीका लागि विजय धिताल र मनोज खड्काले समान तीन तथा सार्थक धितालले दुई विकेट लिए ।

यो नतिजासँगै समूह ‘बी’ बाट पाँचपोखरी विजेता तथा मेलम्ची समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाउन सफल भए ।

अर्को खेलमा ह्योल्मो ११ भोटेचौर स्पोर्टस क्लबमाथि नौ विकेटको सहज जित निकाल्यो । भोटेचौरले प्रस्तुत गरेको १२० रनको लक्ष्य ह्याल्माले १७ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्यो ।

ह्याल्मोका लागि नाम्गिल शेर्पाले ५६ बलमा आठ चौका र एक छक्काको मद्दतले अविजित ६६ रन जोडे । यसैगरी विनोद तामाङले ३८ बलमा ७ चौकासहित ४३ रन बनाए ।

त्यसअघि पहिले ब्याटिङ गरेबको भोटेचौरले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ११९ रनको योगफल तयार पार्यो ।  भोटेचौका लागि ओपनर दुर्गेश थापाले ४२ रन जोडे पनि अन्य ब्याटरको राम्रो साथ पाएनन् ।

भोटेचौर स्पोर्टस क्लब

ह्याल्मोका लागि फुर्पा शेर्पा, राहुल लामा र दावा सोनाम शेर्पाले समान विकेट लिए ।

यो नतितासँगै ह्याल्मो ११ समूह ‘ए’को विजेता विजेता बन्दा पाँचपोखरी हिमालयन क्रिकेट क्लब उपविजेता बन्यो ।

शुक्रबार हुने सेमिफाइनलमा ह्याल्मो-११ र मेलम्ची नगरपालिका तथा पाँचपोखरी क्रिकेट क्लब र पाँचपोखरी हिमालयन क्रिकेट क्लब भिड्नेछन् ।