वाफ वुमन्स च्याम्पियनसिप

पहिलो हाफमा नेपाललाई अग्रता

फाइल तस्विरः सबिता राना मगर

काठमाडौं । वेष्ट एसियन फुटबल महासंघ (वाफ) वुमन्स च्याम्पियनसिप अन्तर्गत फाइनलमा जोर्डनविरुद्ध पहिलो हाफमा नेपालले १-० को अग्रता लिएको छ ।

साउदी अरेबियाको जेदाहस्थित प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा जारी खेलमा सबिता राना मगरले नेपाललाई अग्रता दिलाइन् ।

खेलको २९औं मिनेटमा सबिताले रेखा पौडेलले उपलब्ध गराएको बललाई पोस्टको दिशा दिइन् । नेपाल आमन्त्रीत टोलीको रूपमा पहिलो पटक वाफ वुमन्स च्याम्पियनसिप खेलिरहेको छ ।

यता जोर्डन सर्वाधिक पाँच पटकको च्याम्पियन टोली हो ।