इन्डियन प्रिमियर लिग

दिल्लीले मुम्बईलाई हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग ( आइपिएल) मा शनिबार घरेलु टोली दिल्ली क्यापिटल्सले मुम्बई इन्डियसविरुद्ध १० रनको जित निकालेको छ ।

जितसँगै १० खेलमा १० अंक जोडेको दिल्ली पाँचौं स्थानमा उक्लिएको छ । पराजित मुम्बई नौ खेलबाट ६ अंकका साथ नवौं स्थानमा छ ।

अरुण जेट्ली क्रिकेट मैदानमा दिल्लीले प्रस्तुत गरेको २५८ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभर नै ब्याटिङ गरे पनि नौ विकेट गुमाउँदै २४७ रन बनायो ।

मुम्बईका लागि तिलक बर्माले ३२ बलमा समान चार चौका र छक्काको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरे । यसैगरी  कप्तान हार्दिक पाण्ड्यले ४६, टिम डेविडले ३७, सूर्यकुमार यादवले २६, इशान किसले २० र पियुष चावलाले १० रन बनाए ।

तिलकले चौथो विकेटका लागि हार्दिकसँग ७१ र छैटौं विकेटका लागि टिमसँग ७० रनको साझेदारी गरे । दिल्लीका लागि राशिक सलाम र मुकेश कुमारले समान तीन तथा खलिल अहमदले दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २५७ रनको योगफल तयार पार्यो ।

दिल्लीका लागि ज्याक प्रेसर म्याकग्रुकले २७ बलमा ११ चौका र ६ छक्काको मद्दतले सर्वाधिक ८४ रनको योगदान गरे । यसैगरी ट्रिस्टन स्टब्सले अविजित ४८, साइ होपले ४१, अभिषेक पोरेलले ३६, कप्तान ऋषभ पन्तले २९ र अक्षर पटेलले अविजित ११ रन बनाए ।

पहिलो विकेटका लागि ज्यार र अभिषेकले ११४ रनको साझेदारी गरे । यसैगरी ऋषभले चौथो विकेटका लागि ट्रिस्टनसँग ५५ र तेस्रो विकेटका लागि साइसँग ५३ रनको साझेदारी गरे । मुम्बईका लागि लुक उड, जसप्रित बुमराह, पियुष चावला र मोहम्मद नाबीले समान एक विकेट लिए ।