सिन्धुपाल्चोक जिल्ला लिग

सिन्धुपाल्चोक जिल्ला लिगः योङ्ग जेनेरेसनको सहज जित

लामोसाँघु । योङ्ग जेनेरेसन युथ क्लबले सिन्धुपाल्चोक जिल्ला लिग फुटबलमा लामोसाँघु फुटबल क्लबविरुद्ध ३(० को सहज जित हासिल गरेको छ।

लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा शनिबार योङ्ग जेनेरेसलाई जित दिलाउन उज्वल श्रेष्ठ, अनमोल श्रेष्ठ र विशालविक्रम शिलवालले गोल गरे  ।

खेलको ३३औं मिनेटमा उज्वल गोलमार्फ  योङ्ग जेनेरेसनले अग्रता लिएको थियो। ४१औं मिनेटमा अनमोलले टोलीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको इन्जुरी समयमा विशालले गोल गरेपछि योङ्ग जेनेरेसनले खेलमा ३-० को आरामदायी अग्रता बनायो।  त्यसपछि थप गोल नहुँदा योङ्ग जेनेरेसन जित हासिल गर्न सफल भयो।

जितसँगै समूह ‘सी’ को योङ्ग जेनेरेसनले तीन अंक जोडेको छ।  लामोसाँघुले भने लगातार दोस्रो पराजय ब्होरेको छ। पहिलो खेलमा लामोसाँघु प्याराडाइज युवा क्लबसँग पराजित भएको थियो।

शनिबार नै सम्पन्न खेलमा धार्पा युथ क्ल्बले श्री राइजिङ युथ क्लबविरुद्ध ५ ० को फराकिलो जित निकाल्यो ।