युरोपियन च्याम्पियन्स लिग

पहिलो लेगमा रियाल र बायर्नको २–२ बराबरी

काठमाडौं । भिनिसियस जुनियरको दुई गोल प्रेरित रियाल मड्रिडरले च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिखसँग २–२ को बराबरी खेलेको छ ।

मंगलबार राति बायर्न घरेलु मैदान एलिएन्ज रंगशालामा ७५ हजार समर्थक बराबरीमा रोकिन पुगेको हो । खेलमा पछि परेपनि बायर्नले पुनः २–१ को अग्रता बनाएको थियो । तर, जुनियर चम्किएपछि बायर्न अंक बाढ्न बाध्य भयो ।

खेलको २४औं मिनेटमा जुनियरले गोल गर्दै रियाललाई अग्रता दिलाए । उनले टोली क्रुसको पास सदुपयोग गरेका हुन् । पहिलो हाफमा १–० ले पछि परेको बायर्न दोस्रो हाफको सुरुमै अग्रता लिन सफल भयो ।

लिरोय सानेले ५३औं मिनेटमा बराबरी गोल गरेका हुन् । ह्यारी केनले ५७औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाएका हुन् । तर, खेल सकिन सात मिनेट अघि जुनियरले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।

अब, दोस्रो खेल रियाल मैदानमा मे ९ मा हुनेछ । 

आज राति नै हुने दोस्रो सेमिफाइनलमा बोरुसिया डर्टमन्ड र पेरिस सेन्ट जर्मेन (पिएसजी)बीच प्रतिस्पर्धा हुनेछ ।