चैत्र १८, २०८२ बुधबार | १३:४९:३२
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

एमआइएस कपः डिएभी र एमआइएसलाई स्वर्ण

सांकेतिक तस्विर

काठमाडौं । एमआइएस कप अन्तरविद्यालय खेलकुद प्रतियोगितामा टेलबटेनिसतर्फ डिएभी र आयोजक एमआइएसले स्वर्ण पदक जितेका छन् ।

मोर्डन इन्डियन स्कुल (एमआइएस) को आयोजनामा जारी प्रतियोगितामा डिएभीले ब्वाइज तथा एमआइएसले गर्ल्स टिम इभेन्टमा स्वर्ण हात पारे ।

मंगलबार सम्पन्न ब्वाइजको फाइनलमा डिएभीले एमआइएसलाई ३-१ को सेटले पराजित गर्यो । यसैगरी गर्ल्सको फाइनलमा एमआइएसले डिएभीलाई ३-२ को सेटमा हरायो ।

यस्तै चेसको ब्वाइजमा त्रियोगका आवाश रिमाललाई हराउँदै एमआइएसका आशिष गुप्ताले स्वर्ण पदक हात पारे ।

ब्याडमिन्टको ब्वाइजमा एमआइएसका प्रिन्सकुमार शाह र गर्ल्समा त्रियोगकी ज्योति श्रेष्ठले स्वर्ण पदक जिते । प्रिन्सले ज्ञानोदयका श्रीशराज प्रधान र ज्योतिले डिएभीकी निभा थापालाई हराए ।

यसैगरी बास्केटबलको स्वर्णका लागि त्रियोग र चाँदबाग भिड्ने भएका छन् । सेमिफाइनलमा त्रियोगले एमआइएसलाई १०-४ र चाँदबागले रुपिसलाई २३-४ ले हराए ।

फुटसलको फाइनलमा एमआइएस ‘ए’ र डिएभी भिड्नेछन् । एमआइएसले रुपिसलाई २-० तथा डिएभीले एमआइएस ‘बी’ लाई ४-२ ले पराजित गरे ।

क्रिकेटमा केन्द्रिय विद्यायललाई हराउँदै एमआइएस फाइनल प्रवेश गरेको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो