सिन्धुपाल्चोक जिल्ला लिग

सिन्धुपाल्चोक जिल्ला लिग: रेलिगेशनबाट बच्न चार टोलीको प्रतिस्पर्धा

लामोसाँघु। सिन्धुपाल्चोक जिल्ला लिगमा समूह चरणका सकिएसँगै रेलिगेशनबाट बच्न चार टोलीले प्ले अफमा प्रतिस्पर्धा गर्ने भएका छन्।

प्लेअफका दुवै खेल बुधबार हुनेछ । वसन्तपुर खेल मैदानमा हुने पहिलो खेलमा न्यु जेनेरेसन क्लबले लामोसाँघु फुटबल क्लबको सामना गर्नेछ। दोस्रो खेलमा श्री राइजिङ युवा क्लब र श्री कालिका त्रिशक्ति युवा क्लबको आमने सामने हुनेछन् ।

चारै टोलीले समूह चरणका सबै खेल गुमाएका थिए ।

प्रतियोगिताको दुई सेमिफाइन बिहीबार हुनेछ। पहिलो सेमिफाइनलमा चौतारा स्पोर्टङ क्लबले योङ जेनेरेसन युवा क्लबको सामना गर्नेछ।

यसैगरी दोस्रो सेमिफाइनलमा खेलमा बाह्रदेवी युवा क्लब र  सदाबहार युवा क्लब भिड्नेछन् ।

मंगलबार सम्पन्न समूह चरणको अन्तिम खेलमा सुनौलो बिहानी अभियानले त्रिशक्ति युवा क्लबलाई ६-२ ले पराजित गर्यो ।