माघ १५, २०८२ बिहीबार | २१:३४:१९
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

वाइआरसिसी च्याम्पियन

विराटनगर । वाइआरसिसी क्रिकेट क्लब, विराटनगर तेस्रो मिल्स कप ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

मंगलबार भएको फाइनलमा वाइआरसिसीले विराटनगरकै होराइजन क्रिकेट क्लबलाई २०० रनको फराकिलो अन्तरले पराजित गर्यो ।

विराटनगर जुट मिलको खेल मैदानमा वाइआरसिसीले प्रस्तुत गरेको २४७ रनको लक्ष्य पछ्याएको होराइजन ७.१ ओभरमा ४६ रनमै समेटियो । 
होराइजनका लागि सुजन थपलियाले १२ र दिनेश कँडेलले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।  सकेनन्।

वाइआरसिसीका लागि हेमन्त धामीले ओभरमा १६ रन खर्चिदै सात विकेट लिए। यसैगरी विपिन खत्रीको नाममा तीन विकेट रह्यो ।  

त्यसअघि पहिला ब्याटिङ गरेको वाइआरसिसीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २४६ रनको योगफल तयार पारेको थियो।

वाइआरसीसीका लागि देव खनालले ३४ बलमा १२ छक्का र आठ चौकाको मद्दतले ११२ रन बनाए। यसैगरी नारायण जोशीले  ४९, अभिषेक पाठकले ३३ र  विपिन खत्रीले १४ रन जोडे।

होराइजनका लागि बलर इमरान शेखले तीन तथा दिपेश कँडेल र श्रवण किस्कुले समान दुई विकेट लिए।

उपाधिसँगै वाइआरसिसीले १ लाख ५१ हजार प्राप्त गरेको छ । उपविजेता बनेको होराइजनले ७५ हजार रुपैयाँ पायो ।

वाइआरसिसीका अभिषेक पाठक प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए । यसैगरी वाइआरसिसीकै देव खनाल उत्कृष्ट ब्याटर तथा होराइजनका श्रवण किस्कु उत्कृष्ट बलर चुनिए ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।