मेयर कप फुटबल

गोदावरी मेयर कपः सानदार जित निकाल्दै कीर्तिपुर क्वार्टरफाइनलमा

ललितपुर । तारकेश्वर नगरपालिकालाई ५-० ले हराउँदै कीर्तिपुर नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ ।  

गोदावरी नगरपालिकाको वडा नं १०स्थित झ्यालुन्टार खेल मैदानमा मंगलबार कीर्तिपुरलाई जित दिलाउन यमन मर्हजनले ह्याट्रिक गरे भने बाँकी दुई गोल इन्द्रबहादुर बस्नेतको नाममा रह्यो ।

यमनले खेलको नवौं २५ र ४६औं मिनेटमा गोल गरे । इन्द्रले ५६ र ७०औं मिनेटमा गोल थपे । कीर्तिपुरले सेमिफाइनल प्रवेशका लागि मध्यपुर थिमि नगरपालिकासँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।

मध्यपुर थिमि टोखा नगरपालिकालाई हराउँदै क्वार्टरफाइनल पुगेको हो ।

प्रतियोगितामा यी दुईसँगै नागार्जुन, चन्द्रागिरी , महालक्ष्मी र दक्षिणकाली नगरपालिकाले क्वार्टरफाइनलमा स्थान बनाइकेका छन् ।