पोखरा स्पोर्टस अवार्ड

पोखरा स्पोर्टस अवार्डलाई टेल्जीको साथ

 पोखरा । नेपालका लागि टेल्जीको आधिकारिक विक्रेता योमा मा इ मोर्टस् प्रा.लि.ले ‘पोखरा स्पोर्टस अवार्ड’ को आठौं संस्करणलाई साथ भएको छ ।

योमाका प्रबन्ध निर्देशक सञ्जिव शिल्पकारले विगत सात वर्षदेखि हुँदै आएको पोखरा स्पोर्टस अवार्डलाई सफल पार्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।

  बैशाख २८ गते पोखरा सभागृह हलमा हुने अवार्डकाे महिला तथा पुरुष वर्ष खेलाडी विजेतालाई टेल्जीको स्कुटर प्रदान गरिने छ ।

प्रा.लि.ले मञ्चले सञ्चालन गर्दै आएको अवार्ड सफल पार्न यसअघिका वर्षहरुमा पनि निरन्तर सहयोग गर्दै आएको मञ्चका कोषाध्यक्ष कविता घर्तिमगरले बताइन् । उनका अनुसार गत वर्षपनि एक लाख बढी सहयोग गरेको प्रा.लि.ले यस वर्षपनि उक्त सहयोग नघट्ने गरी सहयोग रहने भएको छ । 

योमा मा इ प्रा.लि.ले वातावरण मैत्री टेल्जी ब्राण्डको लायन, टाइगर लगायत मोडलका इलेक्ट्रिक स्कुटरहरु आधिकारीक रूपमा विक्री गर्दै आएको छ ।

आठौं पोखरा स्पोटस अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिने मञ्चका अध्यक्ष बरालले बताए ।

गण्डकी प्रदेश सरकारको विशेष सहयोग तथा पोखरा महानगरपालिकासँगको सहकार्यमा हुन लागेको अवार्ड कार्यक्रमको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय  छ ।

अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसका अलावा राष्ट्रिय खेलकुद परिषद्, साहस स्पोर्टस, गण्डकी प्रज्ञा-प्रतिष्ठान, मादी गाउँपालिका, रुपा गाउँपालिका, गुरुङ हर्वल व्युटी पार्लर लगायतले साथ दिएका छन् ।