जयकुमार नाथ शाह स्मृति यु-१६क्रिकेट

सैनिकको विजयी यात्रा जारी

काठमाडौं । जयकुमार नाथ शाह स्मृति यु-१६ ट्वान्टी २० अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा सैनिक आवासीय महाविद्यालयले आफ्नो विजयी यात्रलाई तेस्रो खेलसम्म पनि कायम राखेको छ ।

लगातार तेस्रो जितसँगै तीन खेलमा ६ अंक जोडेको सैनिक समूह ‘ए’ को शीर्ष स्थानमा छ । पहिलो पराजय ब्यहोरेको संस्कृति समान खेलबाट दुई अंकका साथ दोस्रो स्थानमा छ ।

मुलपानी क्रिकेट मैदान (तल्लो) मा आइतबार सम्पन्न खेलमा सैनिकले संस्कृति इन्टरनेसनल स्कुललाई ९० रनले पराजित गर्यो ।

सैनिकले प्रस्तुत गरेको १९९ रनको लक्ष्य पछ्याएको संस्कृतिले २० ओभर नै ब्याटिङ गरे पनि १०८ रन मात्र बनाउन सक्यो ।

संस्कृतिका लागि श्रियन्श अग्रवालले ४० र श्रियान्ज श्रेष्ठले २५ रन बनाए ।

सैनिकका लागि  सौभव विष्टले तीन तथा अलिम धामी र सन्देश बुढाथोकीले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सैनिकले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९८ रनको योगफल तयार पारेको थियो । सैनिकका लागि राजदीप अचार्यले ६५ बलमा सर्वाधिक ८३ रनको योगदान गरे । यसैगरी अलिम धामीले ३५ र रोजल खड्काले २८ रन बनाए ।

संस्कृतिका लागि श्रियन्श अग्रवालले दुई तथा अर्जुन सर्दा र स्पर्श सरावगीले समान एक विकेट लिए ।

आइतबार नै सम्पन्न अर्को खेलमा रेडियन्ट रिडर्सस एकेडेमीले  त्रियोग हाइ स्कुललाई दुई विकेटले पराजित गर्यो ।