कर्पोरेट सुपर सिक्सेस क्रिकेट

कर्पोरेट सुपर सिक्सेसः एनआइसी एसियाको दोहोरो जित

काठमाडौं । नेकोस प्रतियोगिताको सातौं संस्करण आइतबारबाट मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा सुरु भएको छ।

प्रतियोगिताको पहिलो दिन लिग चरणका ९ खेल सम्पन्न भए। जसमा एनआइसी एसिया बैंक, आइसिएफसी फाइनान्स, सूर्य नेपाल, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, सिप्रदी ट्रेडिङ, एनसेल लेजेन्ड्स र सुबिसु विजयी भएका छन्। एनआइसी एसियाले दुई जित दर्ता गर्दा प्राइम कमर्सियल बैंक दुवै खेलमा पराजित भयो । ।

पहिलो खेलमा एनआइसी एसियाले क्लाउड फ्याक्ट्रीलाई एक रनले पराजित गर्यो। एनआइसी एसियाले प्रस्तुत गरेको ८० रनको लक्ष्य पछ्याएको क्लाउड फ्याक्ट्रीले निर्धारित पाँच ओभरमा दुई विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो।

दोश्रो खेलमा आइसिएफसी फाइनान्सले जगदम्बा ग्रुपलाई पाँच रनले हरायो। ८० रनको लक्ष्य पछ्याएको जगदम्बाले निर्धारित पाँच ओभरमा सबै विकेट गुमाउँदै ७४ रन मात्र बनाउन सक्यो ।

तेश्रो खेलमा सुर्य नेपाल आईएमई ग्रुपविरुद्ध ११ रनले विजयी भयो। ९२ रनको लक्ष्य पछ्याएको आइएमइले निर्धारित पाँच ओभरमा ८० रन मात्र बनाउन सक्यो।

चौंथो खेलमा राष्ट्रिय वाणिज्य बैंकले एनसेल इलाइट्सलाई १३ रनले हरायो। ९० रनको लक्ष्य पछ्याउने क्रममा एनसेलले निर्धारित ५ ओभरमा ७६ रन मात्र बनाउन सक्यो।

पाँचौ खेलमा माछापुच्छ्रे बैंकले प्राइम बैंकलाई चार विकेटले हरायो । ९४ रनको लक्ष्य माछापुच्छ्रेले अन्तिम बलमा  गुमाउँदै पूरा गर्यो ।

छैठौं खेलमा सिप्रदी ट्रेडिङले कुमारी बैंकलाई १४ रनले पराजित गय्रो। सिप्रदीले प्रस्तुत गरेको ९७ रनको लक्ष्य पछ्याएको कुमारीले ८२ रन मात्र बनायो।

सातौँ खेलमा एनसेल लेजेन्ड्सले नेपाल बैंकविरुद्ध २३ को जित निकाल्यो । १०८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल बैंकले ८४ रन मात्र बनाउन सक्यो ।

आठौैं खेलमा सुबिसुले एनसेल इलाइट्सलाई पाँच विकेटले पराजित गर्यो।  ८८ रनको लक्ष्य सुबिसुले ४.३ ओभरमा विकेट नगुमाई भेट्टायो।

आएइतबार सम्पन्न नवौं तथा अन्तिम खेलमा एनआइसी एसिया बैंकले प्राइम कमर्सियल बैंकलाई तीन रनले हरायो। ८३ रनको लक्ष्य पाएको प्राइम बैंकले ७९ रन मात्र बनाउन सक्यो। ।

प्रतियोगिता अन्तर्गत सोमबार पनि लिग चरणका १२ खेल हुनेछन्। सोमबारको खेलपछि क्वार्टरफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ।