इङ्लिस प्रिमियर लिग

वेस्टहमविरुद्ध चेल्सीको फराकिलो जित

काठमाडौं । इङ्लिस प्रियिमर लिगमा घरेलु टोली चेल्सीले आइतबार वेस्टहम युनाइटेडविरुद्ध ५-० को फराकिलो जित निकालेको छ ।

स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन निकोलस ज्याक्सनले दुई तथा कोले पाल्मर, कप्तान कोनर गालाघर र नोनी म्याडुकले समान एक गोल गरे ।

जितसँगै ३५ खेलमा ५४ अंक जोडेको चेल्सी सातौं स्थानमा उक्लिएको छ । पराजित वेस्टहम ३६ खेलबाट ४९ अंकका साथ नवौं स्थानमा छ । 

खेलको १५औं मिनेटमा पाल्मरको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । ३०औं मिनेटमा गालाघरले टोलीको अग्रता दोब्बर बनाए ।

६ मिनेटपछि म्याडुकले गोल गरेपछि पहिलो हाफमा चेल्सीले ३-० को आरादायी अग्रता बनायो ।

ज्याकसनले ४८ र ८०औं मिनेटमा गोल गर्दै चेल्सीलाई ५-० को फराकिलो जित दिलाए ।