इङ्लिस प्रिमियर लिग

एस्टन भिल्ला ब्राइटनसँग पराजित

काठमाडौं । एस्टन भिल्ला इङ्लिस प्रिमियर लिगमा आइतबार घरेलु टोली ब्राइटनसँग १-० ले पराजित भएको छ ।

अमेरिकन एक्सप्रेस कम्युनिटी रंगशालामा जोआओ पेड्रोले गरेको एक मात्र गोल ब्राइटनको जितमा  निर्णायक बन्यो।

जितसँगै ३५ खेलमा ४७ अंक जोडेको ब्राइटन ११औं स्थानमा उक्लिएको छ । पराजित भिल्ला ३६ खेलबाट ६७ अंकका साथ चौथो स्थानमा छ ।

पेड्रोले खेलको ८७औं मिनेटमा गोल गरेका थिए। पेनाल्टी प्रहारलाई भिल्लाका गोलकिपर रोविन ओल्सेनले बचाए पनि रिबाउन्डलाई पेड्रोले नै पोस्टको दिशा दिए ।