इङ्लिस प्रिमियर लिग

लिभरपुलले टोटनहमलाई हरायो

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति लिभरपुलले टोटनहमलाई ४–२ ले पराजित गरेको छ ।

घरेलु मैदानमा एनफिल्डमा लिभरपुललाई हराउँन मोहम्मद सलाहले एक गोल र एक असिस्ट गरेका थिए । पहिलो हाफमै लिभरपुलले २–० को अग्रता बनाएको थियो ।  

खेलपछि लिभरपुलले अंक तालिकामा तेस्रो स्थान पक्का गरेको  छ । ३६ खेलबाट टोलीको ७८ अंक छ । समान खेलबाट ८३ अंकसहित आर्सनल शीर्ष स्थान र ८२ अंकको म्यानचेष्टर सिटी दोस्रो स्थानमा छन् ।  

पराजित टोटनहमले चौथो स्थानको दूरी घटाउने अवसर चुकायो । ३५ खेलबाट टोलीको ६० अंक छ र पाचौँ स्थानमा रह्यो ।

खेलको १६औं मिनेटमा कोडी गाक्पोको पासमा सलाहले अग्रता बनाए । एन्डी रोबर्टसनले ४५औं मिनेटमा टोलीलाई  २–० ले अगाडि बढाएका हुन् । हार्भे इलिओटको पासमा गाक्पोले ५०औं मिनेटमा तेस्रो गोल गरे ।

५९औं मिनेटमा इलिओटले लिभरपुललाई ४–० को अग्रता दिलाए । रिचार्लिसनले ७२औं मिनेटमा अग्रता ४–१ को अवस्थामा झारे । ७७औं मिनेटमा सन हिङ मिनले गोल गरेपनि लिभरपुल महत्वपूर्ण तीन अंक जोड्न सफल भयो ।