इन्डियन प्रिमियर लिग

चेन्नइले पञ्जाबलाई हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नइ सुपर किंग्सले आइतबार पञ्जाब किंग्सविरुद्ध २८ रनको जित निकालेको छ । 
जितसँगै ११ खेलमा १२ अंक जोडेको चेन्नइ तेस्रो स्थानमा उक्लिएको छ । पराजित पञ्जाब समान खेलबाट आठ अंकका साथ आठौं स्थानमा छ ।

धर्मशालामा चेन्नइले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो ।

पञ्जाबका लागि प्रभसिम्रन सिंहले ३०, शशांक सिंहले २७, हरप्रित ब्रारले अविजित १७, राहुल चहरले १६, हर्षल पटेलले १२ र कागिसो रबाडाले अविजित ११ रन बनाए ।

तेस्रो विकेटका लागि प्रभसिम्रन र शशांकले ५३ रनको साझेदारी गरे । चेन्नइका लागि रविन्द्र जडेजाले तीन, तुषार देशपाण्डे र सिमरजित सिंहले समान दुई तथा मिचेल स्यान्टनर र शार्दुल ठाकुरले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नइले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६७ रनको योगफल तयार पारेको थियो ।

चेन्नइका लागि रविन्द्र जडेजाले ४३, कप्तान रुतुराज गायकवाडले ३२, ड्यारिल मिचेलले ३०, मोइल अली र शार्दुल ठाकुरले समान १७ तथा मिचेल स्यान्टनरले ११ रन बनाए ।

दोस्रो विकेटका लागि ड्यारिल र रुतुराजले ५७ रनको साझेदारी गरे । पञ्जाबका लागि राहुल चहर र हर्षल ठाकुरले समान तीन, अर्शदीप सिंहले दुई तथा समा करनले एक विकेट लिए ।