पाकिस्तान–न्युजिल्यान्ड शृंखला

पाकिस्तानविरुद्ध न्युजिल्यान्डलाई अग्रता

काठमाडौं । चौथो ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा  पाकिस्तानलाई चार रनले हराउँदै भ्रमणकारी टोली न्युजिल्यान्डले शृंखलामा २–१ को अग्रता बनाएको छ ।

लाहोरमा न्युजिल्यान्डले ७ विकेटले गुमाउँदै एक सय ७९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा पाकिस्तानले आठ विकेट गुमाएर मात्र एक सय ७४ रन बनाएको हो ।

अन्तिम ओभरमा १८ रन चाहिएको अवस्थामा १३ रन मात्रै जोड्न सक्यो । अब, अन्तिम ट्वान्टी २० लाहोरमा शनिबार हुनेछ ।

यो खेलसँगै न्युजिल्यान्डले पाँच ट्वान्टी २० शृंखलामा २–१ को अग्रता बनाएको छ । न्युजिल्यान्डले तेस्रो खेल ७ विकेटले जितेको थियो । दोस्रो खेल घरेलु टोली पाकिस्तानले सात विकेटले नै जितेको हो । पहिलो ट्वान्टी २० भने वर्षाका कारण नवलपिन्डीमा नतिजाविहिन रह्यो ।

घरेलु मैदानमा लक्ष्य पछ्याएको पाकिस्तानको लागि फखर जमानले ४५ मिनेटमा सर्वाधिक ६१ रन बनाए । इफ्तिखर अहमदले २३, अमाद वासिमले २२, ओपनर साइम अयुवले २० तथा उस्मान खानले १६ रन जोडेका हुन् ।

कप्तान तथा ओपनर बाबर आजम ५ रन बनाएर आउट भए । पाकिस्तान इनिङ्समा इफ्तिकर र फखरले ४१ बलमा सर्वाधिक ५९ रनको साझेदारी गरेका थिए ।  न्युजिल्यान्डका विलियम ओरौर्केले सर्वाधिक तीन विकेट लिएका हुन् ।

त्यसअघि टस हारेर सुरुआती ब्याटिङ गरेको न्युजिल्यान्डको लागि टिम रोविन्सनले ३६ बलमा ५१ रन बनाएका हुन् । डिआन फोक्सक्रोफ्टले ३४, टोम ब्लुन्डेलले २८, तथा कप्तान माइकल ब्राचवेलले २७ रनको योगदान गरेका हुन् । 

पहिलो विकेटको लागि टिम र रोविन्सनबीच ३१ बलमा ५६ रनको साझेदारी भएको हो । पाकिस्तानका अब्बास अफ्रिदीले सर्वाधिक तीन विकेट हात पारे ।