सहिद स्मारक ‘सी’ डिभिजन लिग

बागमतीको कठिन जित

फाइल तस्विर

काठमाडौं । बागमती युवा क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा आइतबार मनोहरा युनाइटेड युथ क्लबविरुद्ध १-० को कठिन जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा अनिल रानमगरले गरेको एक मात्र गोल बागमतीलाई जित दिलाउन पर्याप्त बन्यो ।

जितसँगै ६ खेलमा ११ अंक जोडेको बागमती चौथो स्थानमा  उक्लिएकाे  छ । पराजित मनोहरा समान खेलबाट १२ अंकका साथ तेस्रो स्थानमा यथावत छ ।

अनिलले खेलको ५७औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । मनोहराका रक्षक विजय श्रेष्ठले अनिललाई नै लडाएपछि बागमतीले पेनाल्टीको अवसर पाएको थियो । जसमा उनी चुकेनन् ।