पुस १५, २०८२ बुधबार | ००:५८:०६
एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने
शनिबारको दिन ट्वान्टी-२० विश्वकप

इङ्ल्यान्डले जितेको पहिलो आइसिसी उपाधि

काठमाडौं । इङ्ल्यान्डले आइसिसीबाट आयोजित यसअघिका कुनै पनि प्रतियोगिता जितेको थिएन । इङ्ल्यान्डले तीन एकदिवसीय विश्वकपको फाइनल खेलिसकेको थियो । तर, प्रत्येक फाइनलमा हार मात्रै बेहोरेको थियो । प्रत्येक ठूला प्रतियोगिताअगाडि इङ्ल्यान्ड बलियो टिम त हुन्थ्यो, तर आफ्नो छविअनुसार खेल्न सक्दैन थियो ।

सन् २०१० को ट्वान्टी-२० विश्वकप भने अपवाद रह्यो । च्याम्पियन बन्यो इङ्ल्यान्ड । फाइनलमा इङ्ल्यान्डले अस्ट्रेलियालाई हराएको थियो । वेस्ट इन्डिजमा आयोजित यस ट्वान्टी-२० विश्वकपलाई यसै कारण सम्झिन्छ, इङ्ल्यान्डले जितेको पहिलो आइसिसीको उपाधि भनेर । प्रतियोगिता भएको थियो, त्यस वर्षको अप्रिल ३० देखि मे १६ सम्म ।

त्यसमध्ये पहिलो सेमिफाइनलमा इङ्ल्यान्डले श्रीलंकालाई हरायो भने पाकिस्तानमाथि अस्ट्रेलियाले जित रच्यो । यसरी फाइनलमा भिड्ने भए, विश्व क्रिकेटका दुई सबैभन्दा पुराना प्रतिद्वन्द्वी इङ्ल्यान्ड र अस्ट्रेलिया ।

यसअघिको संस्करणको तुलनामा यो एक वर्षको अन्तरमा आयोजना भएको विश्वकप थियो । यस विश्वकपमा कुल १२ टिमको सहभागिता थियो । त्यसमा १० त टेस्ट खेल्ने देश नै भए । बाँकी दुई भने छनोटबाट छानिएका देश थिए । ठीक यही प्रतियोगिता चलिरहँदा महिलाको पनि ट्वान्टी-२० विश्वकप सँगसँगै चलिरहेको थियो ।

यसै विश्वकप प्रतियोगिताबाट अफगानिस्तानले पनि पहिलो पटक प्रवेश पाएको थियो । अफगानिस्तानसँगै आयरल्यान्ड छनोट भएका दुई टिम थिए । सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहमा तीन टिम थिए । प्रत्येक समूहको शीर्ष दुई टिम सुपर-एटमा पुगेका थिए ।

यस चरणमा भिड्ने टिमलाई पनि थप दुई समूहमा विभाजन गरिएको थियो । त्यसमध्ये पहिलो समूह इङ्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड र दक्षिण अफ्रिका भने अर्को समूहमा अस्ट्रेलिया, श्रीलंका, वेस्ट इन्डिज र भारत थिए । सेमिफाइनलमा भने इङ्ल्यान्ड, श्रींलका, पाकिस्तान र अस्ट्रेलिया पुगेका थिए ।

त्यसमध्ये पहिलो सेमिफाइनलमा इङ्ल्यान्डले श्रीलंकालाई हरायो भने पाकिस्तानमाथि अस्ट्रेलियाले जित रच्यो । यसरी फाइनलमा भिड्ने भए, विश्व क्रिकेटका दुई सबैभन्दा पुराना प्रतिद्वन्द्वी इङ्ल्यान्ड र अस्ट्रेलिया ।

फाइनल भएको थियो बार्बाडोसमा । त्यसमा पहिले ब्याटिङ गर्दै अस्ट्रेलियाले २० ओभर खेलेर १ सय ४७ रन बनाएको थियो । डेविड हस्सीले सर्वाधिक ५९ रन बनाए । जवाफमा इङ्ल्यान्डले १७ ओभरमात्र उपयोग गर्दै तीन विकेटमा १ सय ४८ रन बनायो । ओपनर क्रेग केसवाटरले सर्वाधिक ६३ रन बनाए । उनले ४९ बल खेले । उनी नै प्लेयर अफ द म्याच भए । उनलाई केभिन पिटरसनले बलियो साथ दिएका थिए । उनले ४७ रन बनाए ।

पछि पिटरसन प्लेयर अफ द टुर्नामेन्ट पनि भए । यी दुई खेलाडीले दोस्रो विकेटका लागि निर्णायक १११ रनको साझेदारी गरेका थिए । पिटरसन पूरा प्रतियोगितामा २४८ रन बनाउन सफल भए । अनि कप्तान पाउल कोलिनउडले निर्णायक रन प्रहार गरे । यसै विश्वकपपछि सीमित ओभरको क्रिकेटमा इङ्ल्यान्डको प्रभावशाली प्रदर्शन सुरु भएको थियो ।