कार्तिक २, २०८१ शुक्रबार | १२:५६:२४
इन्डोनेसियामा अभिषेकलाई रजत पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो पावर प्लेमा अमेरिकाले गुमायो तीन विकेट ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा माल्दिभ्स र श्रीलंकालाई गोलको खडेरी तोड्ने चुनौती अमेरिकालाई १६५ रनको लक्ष्य आयोजक नेपाललाई भुटानको चुनौती पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको ‘मेन्टर’ साफ महिला च्याम्पियनसिपः भारतले पाकिस्तानलाई हरायो भारत र पाकिस्तानबीचको पहिलो हाफमा गोल वर्षा इन्डोनेसियामा अभिषेकलाई रजत पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो पावर प्लेमा अमेरिकाले गुमायो तीन विकेट ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा माल्दिभ्स र श्रीलंकालाई गोलको खडेरी तोड्ने चुनौती अमेरिकालाई १६५ रनको लक्ष्य आयोजक नेपाललाई भुटानको चुनौती पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको ‘मेन्टर’ साफ महिला च्याम्पियनसिपः भारतले पाकिस्तानलाई हरायो भारत र पाकिस्तानबीचको पहिलो हाफमा गोल वर्षा

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । वेस्ट इन्डिज ‘ ए’ विरुद्ध ले ट्वान्टी २० शृंखलको तेस्रो खेलामा नेपाल ७६ रनले पराजित भएको छ ।

पराजयसँगै नेपाल तीन खेलको शृंखलामा २-१ ले पछि परेको छ । पहिलो खेलमा नेपाल चार विकेट र दोस्रो खेलमा वेस्ट इन्डिज १० रनले विजयी भएका थिए ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार वेस्ट इन्डिजले प्रस्तुत गरेको २२८ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १५१ रनमै समेटियो । 

नेपालका लागि करण केसी र लोकश बमले समान २८, कुशल मल्लले १९, विनोद भण्डारीले १९ र अनिल शाहले १४ रन बनाए ।

वेस्ट इन्डिजका लागि हाइडेन वाल्सले तीन, गुडाकेश मोतीले दुई तथा म्याथ्यु फोर्ड, फाबियन एलन र आबेड म्याकोयले समान एक विकेट लिए ।

ओपनर विनोद भण्डारीलाई चौथो ओभरको अन्तिम बलमा फबियन एलनले हाइडेन वाल्सबाट क्याच गराए । विनोद १९ रन बनाएर पेभेलियन फर्किए ।
नेपालले दोस्रो विकेटका रूपमा अनिल साहलाई गुमायो ।

अनिललाई सातौं ओभरको चौथो बलमा गुडाकेश मोतीले रोस्टन चेजबाट क्याच गराए । अनिल १४ रन बनाएर आउट भए ।

१०औं ओभरको चौथो बलमा आरिफ शेख तीन रन बनाएर पेभेलियन फर्किए । आरिफलाई हाइडेन वाल्सले एलिक एथानाजबाट क्यान गराए ।

ओपनर लोकेश बमलाई ११औं ओभरको अन्तिम बलमा गुडाकेश मोतीले बोल्ड गरे । लोकेशले २८ रन बनाए ।

नेपालले पाँचौं विकेटका रूपमा कुशल मल्ललाई गुमायो । कुशलाई २० रन बनाएका कुशललाई  १३औं ओभरको पहिलो बलमा वाल्सल जोसुवा बिसोफ( वैकल्पिक) बाट क्याच गराए ।

१४औं ओभरको अन्तिम बलमा विवेक यादव तीन रन बनाएर रन आउटको सिकार बने । १५औं ओभरको दोस्रो बलमा गुल्सन झालाई वाल्सले कट एन्ड बोल्ड गरे । गुल्सन ६ रन बनाएर पेभेलियन फर्किए ।

१७औं ओभरको तेस्रो बलमा सात रन बनाएर खेलिरहेका कप्तान दीपेन्द्रसिंह ऐरी रन आउट भए ।१९औं ओभरको पहिलो बलमा ६ रन बनाएका कमलसिंह ऐरीलाई म्याथ्यु फोर्डले वाल्सबाट क्याच गराए । 

अन्तिम ओभरको दोस्रो बलमा ओवेड म्याकोयले करण केसीलाई किमो पउलबाट क्याच गराए । करणले २८ रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभ तीन विकेट गुमाउँदै २२७ रनको योगफल तयार पार्यो ।

वेस्ट इन्डिजका लागि चार्ल्सले ६१ बलमा १३ चौका र सात छक्काको मद्दतले अविजित ११९ रनको योगदान गरे । यसैगरी आन्द्रे फ्लेचरले अर्धशतक बनाउँदा किमो पउल १३ रनमा अविजित रहे ।

दोस्रो विकेटका लागि चार्ल्स र फ्लेचरले १४५ रनको साझेदारी गरे । नेपालका लागि करण केसी र सागर ढकालले समान एक विकेट लिए ।

चौथो ओभरको पहिलो बलमा एलिक एथानाज १७ रन बनाएर रन आउटको सिकार बने ।

१६औं ओभरको पाँचौं बलमा सागर ढकालले आन्द्रे फ्लेचरलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए । उनले ३३ बलमा चार चौका र तीन छक्का प्रहार गरे ।

१९औं ओभरको दोस्रो बलमा करण केसीले फाबियन एलनलाई दीपेन्द्रबाट क्याच गराए । एलनले नौ बलमा दुई चौका र एक छक्काको मद्दतले १९ रन बनाए ।

शृंखलाको चौथो खेल बिहीबार हुनेछ । 
 


भिडियो
INDIA VS PAKISTAN POST-MATCH PRESS CONFERENCE || SAFF Women's Championship
KHELADI TALKS WITH AJAY PHUYAL II KUMAR RAI II SENIOR COACH VOLLEYBALL
KHELADI TALKS WITH AJAY PHUYAL II SUMITRA REGMI II PLAYER NATIONAL WOMEN'S VOLLEYBALL TEAM
Nepal Premier League को अक्सनमा दङ्ग Kiran Chemjong
विदेशी खेलाडीमा सबै टिम निर्भर : Basanta Shahi Head Coach Kathmandu Gurkhas Nepal Premier League
Subodh Tripathi Pokhara Avengers Nepal Premier League
Shakti Gauchan Consultant Coach Lumbini Lions Nepal Premier League
Gyanendra Malla Head Coach, Karnali Yaks Nepal Premier League
रोमाञ्चक जित निकाल्दै कर्णाली च्याम्पियन KARNALI YASHVIS Everest Women's Volleyball League 2024
आशा गरिएका विदेशी खेलाडी चलेनन् BHARAT YADAV COACH Madhesh United Everest Women's Volleyball League
अब जित्नको लागी नयाँ रणनीतिका साथ खेल्छौं JAGADISH BHATTA COACH Everest Women's Volleyball League
Nepal Premier League NPL II OWNERS REVEAL CEREMONY II
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II PLAYER NATIONAL WOMEN'S VOLLEYBALL TEAM
नेपाललाई ऐतिहासिक रजत दिलाएकी Erika Gurung स्वदेश फर्कीइन् II karate
CAVA Women's Volleyball Club Championship 2024 WINNER Nepal Police Club स्वदेश फर्कियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024