ट्वान्टी २० शृंखला

नेपालविरुद्ध चार्ल्सको शतक

काठमाडौं । ट्वान्टी २० शृंखलाको तेस्रो खेलमा नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ का ओपनर जोनसन चार्ल्सले शतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको वेस्ट इन्डिजका लागि चार्ल्सले ५५ बलमा ११ चौका र ६ छक्काको मद्दतले शतक पूरा गरे ।

चार्ल्सले दोस्रो विकेटका लागि आन्द्रे फ्लेचरसँग १४५ रनको साझेदारी गरे । फ्लेचर ५३ रन बनाएर पेभेलियन फिर्किए । 

वेस्ट इन्डिज १७ ओभरको समाप्तीका १८२ रन बनाएर खेलिरहेको छ ।